FAQs Complain Problems

नागरिक वडापत्र

आवश्यक परेको सेवा छान्नको लागि कुनै शव्द टाइप गर्नुहोस् ।
सेवाहरु आवश्यक कागजातहरु प्रक्रिया लाग्ने समय सेवा दिने कार्यालय जिम्मेवार अधिकारी
बिवाह दर्ता

१. दलहा दुलही दुबै उस्थित भै दिएको संयुुक्त निवेदन पत्र
२. दुलाहा दुलहीको सक्कल नागरिकता
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकता
४. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. तोकिएको शुल्क बुझाउने 
२. दुलाहा दुलही  दुबैको उपस्थितिमा सनाखत गराई सम्बन्धित पञ्जिकाधिकारीबाट प्रमाण–पत्र दिने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
मृत्यू दर्ता

१. मृत्यू भएको ३५ दिन भित्र निवेदन पत्र सहित सूचक र मृतक दुबैको नागरिकता

२. मृतकसँग सम्बन्ध जोडिने प्रमाण–पत्र

३. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

४. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का

५. सूचकको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन मुचुल्का

१. प्रशासकीय प्रमुखले तोकेका कर्मचारीबाट सर्जमिन मुचुल्का तयारी

२. मृत्यू भएको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

३. मूलदर्ता किताबमा दर्ता गरी प्रमाणपत्र बुझाउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
जन्म दर्ता

१. जन्मेको ३५ दिनभित्र परिवारको मुख्य व्यक्ति (सूचक)को निवेदन पत्र

२. बालकको बाबु आमाको नागरिकताको प्रतिलिपी

३. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४. अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालले प्रमाणित गरेको कागजात (यदि भएमा) ।

१. प्रशासकीय प्रमुखबाट कागजात जाँच

२. जन्मेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

३. मूलदर्ता किताबमा दर्ता गरी प्रमाणपत्र बुझाउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
नाता प्रमाणित

१. निवेदन साथ नाता प्रमाणित गरिनुपर्ने दुबै व्यक्तिको नागरिकताको प्रतिलिपी

२. नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपी

३. सर्जमिन गरी बुझ्नुपर्ने भए साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपी

४. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
जन्ममिति प्रमाणित

१. निवेदन सहित नागरिकता प्रतिलिपी

२. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

३. बसाँई सरी आएको भए सोको प्रमाण पत्र

४. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. प्रशासकीय प्रमुखबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानुनी राय आवश्यक भए राय सोध्ने 

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई प्रमाण÷सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
नामथर, जन्ममिति संशोधन तथा नाबालक सिफारिस

१. निवेदन सहित नाम, थर सशोधन गर्नुपर्ने प्रमाण कागजातहरु

२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

३. चालु आ.व.सम्मको घरजग्गा कर÷एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४. नाबालक खुल्ने थप प्रमाण कागजात भए  सो समेत पेश गर्ने

५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने

६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. प्रशासकीय प्रमुखबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
नागरिकता र नागरिकता प्रमाणपत्रको प्रतिलिपी सिफारिस

१. बाबु÷आमाको नागरिकताको प्रतिलिपी र नागरिकता प्रतिलिपीको हकमा निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी  

२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

३. विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपी

४. विद्यार्थीको हकमा चारित्रीक प्रमाणपत्रको प्रतिलिपी

५. विवाहिताको हकमा विवाहदर्ता प्रमाणपत्रको प्र्रतिलिपी

६. बसाँईसरी आएको हकमा बसाइँसराई प्रमाणपत्रको प्रतिलिपी

७. दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

८. चालु आ.ब.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. प्रशासकीय प्रमुखबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

७. अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी

Pages