|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
१ |
१७ औँ कार्यपालिका बैठकका निर्णयहरूमध्ये ९ वटा कार्यान्वयन भइसकेको र २ वटा भइरहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
२ |
न्यायिक समितिको प्रतिवेदन (०८२/८३) स्वीकृत गरी नगरसभाको १९ औँ अधिवेशनको चौथो बैठकमा पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
३ |
कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा सेवा करारमा कार्यरत विभिन्न कर्मचारीहरूको म्याद उनीहरूको विगतको सीप र कार्यसम्पादनका आधारमा २०८३ पौष मसान्तसम्म ६ महिनाका लागि थप गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
४ |
सूर्योदय नगरपालिकाको समग्र र योजनाबद्ध विकासका लागि तयार पारिएको "दोस्रो आवधिक नगर विकास योजना (आ.व. ०८२/८३ देखि ०८६/८७ सम्म)" स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
५ |
सुरक्षित बस्ती विकास र प्राकृतिक स्रोत संरक्षणका लागि "जैविक विविधता संरक्षण र दिगो भूमि व्यवस्थापन उन्मुख भू-उपयोग योजना, २०८३" स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
६ |
आ.व. २०८२/०८३ मा सम्पन्न भई अन्तिम भुक्तानी भइसकेका आयोजना तथा कार्यक्रमहरूको जाँचपास तथा फरफारक गरी नगरसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
७ |
सुधारिएको चुल्हो वितरण गर्न पहल गर्ने वडा नं. ३ का वडाध्यक्षलाई धन्यवाद दिँदै बाँकी घरधुरीका लागि थप चुल्हो उपलब्ध गराउन वातावरण संरक्षण शिविर (ECCA) लाई अनुरोध गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
८ |
स्थानीय शासन कार्यसम्पादन मूल्यांकनका पूरा हुन नसकेका सूचकहरूलाई सुधार गर्न तयार पारिएको 'सुधारको कार्ययोजना' स्वीकृत गर्दै आगामी आर्थिक वर्षदेखि प्रभावकारी कार्यान्वयन गर्न शाखाहरूलाई निर्देशन दिइयो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
९ |
वडा नं. १३ को पत्रमा उल्लिखित विषयको खर्च व्यवस्थापन आगामी आर्थिक वर्षबाट गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
१० |
अत्यधिक वर्षा र अन्तर्राष्ट्रिय आपूर्तिमा भएको अवरोधका कारण जलेश्वर निर्माण सेवासँगको सडक निर्माण ठेक्काको म्याद पूर्व निर्धारित क्षतिपूर्ति नलाग्ने गरी २०८३ भदौ ३० गतेसम्म थप गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
११ |
आर्थिक वर्ष ०८१/८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनउपर छलफल गर्दै प्रतिवेदनका सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
१२ |
चालू आर्थिक वर्षका आयोजनाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न पाँचवटै विषयगत समिति र शाखाहरूलाई प्रभावकारी अनुगमनको निर्देशन दिइयो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
१३ |
सङ्घीय र प्रदेश सरकारको अनुदानबाट सञ्चालित आयोजनाहरूको जिल्ला समन्वय समितिबाट प्राप्त स्थलगत अनुगमन प्रतिवेदनउपर छलफल गरी सुझावहरू कार्यान्वयन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१८ |
२०८३।०३।२६ |
१४ |
नगर स्तरीय आयोजना जाँचपास तथा फरफारक समितिको निर्णयानुसार २०८२ असार २५ गतेसम्म भुक्तानी भई सम्पन्न भएका विभिन्न ३३ वटा आयोजनाहरूको जाँचपास फरफारक गरी अनुमोदनका लागि नगरसभामा पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
१ |
१६ औँ कार्यपालिका बैठकका २० वटा निर्णयहरूमध्ये १४ वटा कार्यान्वयन भइसकेको र ६ वटा भइरहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
२ |
नगरसभाको १९ औँ अधिवेशनको तेस्रो बैठकमा आर्थिक विधेयक, विनियोजन विधेयक र मध्यमकालीन खर्च संरचना (२०८३/०८४-२०८५/०८६) सम्बन्धी प्रस्तावहरू स्वीकृत गरी पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
३ |
सूर्योदय नगरपालिकाको सङ्घ संस्था ऐन, २०८० को प्रथम संशोधन मस्यौदा, २०८३ लाई स्वीकृत गरी अनुमोदनका लागि आगामी नगरसभामा पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
४ |
कार्यालय समयभन्दा बढी खटेर उत्कृष्ट सेवा प्रवाह गर्ने विभिन्न कर्मचारीहरूको कामको उच्च मूल्याङ्कन गर्दै प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
५ |
कार्यालय सञ्चालनका लागि इन्धन र सवारीसाधन मर्मतमा अपुग भएको रकम व्यवस्थापन गर्न विभिन्न शीर्षकहरूबाट जम्मा रु. १३,००,००० रकमान्तर गरी नगरसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
६ |
सङ्गठन संरचना र दरबन्दी तेरिज पुनरावलोकन गर्न पूर्व स्वीकृति प्रदान गर्दै गठित समितिलाई कार्य सम्पन्न गरी मूल्याङ्कनका लागि कोशी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन निर्देशन दिने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
७ |
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अडिट प्रतिवेदन र लैङ्गिक उत्तरदायी बजेट परीक्षण प्रतिवेदन प्रमाणीकरण गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
८ |
नगरपालिका र वडा कार्यालयहरूमा रहेका टुटफुट भएका, मर्मत गर्न नसकिने वा कार्यक्षमता घटेका जिन्सी सामानहरूलाई नियमअनुसार लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१७ |
२०८३।०३।१० |
९ |
पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको निर्माण कार्यमा आवश्यकता अनुसार १.९०% घटी हुने गरी भेरिएसन आदेश-१ स्वीकृत गर्दै बाँकी कार्य सम्पन्न गर्न सम्बन्धित उपभोक्ता समितिहरूको म्याद २०८३ असोज २५ गतेसम्म थप गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१ |
१५ औँ कार्यपालिका बैठकका २५ वटा निर्णयहरूमध्ये २० वटा कार्यान्वयन भइसकेको र ५ वटा भइरहेको विषयमा समीक्षा गर्दै समसामयिक गतिविधिमा छलफल गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
२ |
"सङ्घ संस्था ऐन, २०८०" लाई समयसापेक्ष संशोधन तथा परिमार्जन गरी मस्यौदा तयार गर्न 'विधायन समिति'लाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
३ |
विषयगत समितिहरूले पेस गरेका प्रतिवेदनहरू स्वीकृत गर्दै उनीहरूले दिएका सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
४ |
राजस्व परामर्श समितिको सिफारिसलाई परिमार्जन गर्दै विद्युतीय चार्जिङ स्टेसनको दर प्रति युनिट रु. १४ कायम गर्ने र गौतम बुद्ध प्रतिष्ठानको अनिवार्य नियमित लेखापरीक्षण गर्नुपर्ने व्यवस्था थप गरी स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
५ |
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा र सुशासन क्षेत्रमा जम्मा रु. ३,००,०००/- बजेटका विभिन्न सचेतना कार्यक्रमहरू स्वीकृत गरी सञ्चालन गर्दै नगरसभाबाट अनुमोदन गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
६ |
वडा नं. ८ र ९ का विभिन्न सडक स्तरोन्नति निर्माण कार्यमा साइटको आवश्यकता अनुसार परिमाण घटबढ भएको भनी पेस भएको २.६८% घटी हुने भेरिएसन आदेश-१ लाई स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
७ |
निर्माण व्यवसायीको नियन्त्रण बाहिरको परिस्थितिका कारण निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको ठहर गर्दै पूर्व निर्धारित क्षतिपूर्ति नलाग्ने गरी १५ वटा ठेक्का सम्झौताहरूको म्याद थप गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
८ |
निर्माण सम्पन्न भएको 'इन्नोभेसन सेन्टर' आयोजनाको अन्तिम भुक्तानीका लागि अपुग भएको रु. ३,६७,७२१/- सडक स्तरोन्नति क्रमागत आयोजनाको बजेटबाट रकमान्तर गरी भुक्तानी गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
९ |
निराकार ट्रेडिङ एण्ड वेस्ट म्यानेजमेन्टबाट प्राप्त फोहोरमैला व्यवस्थापन सम्बन्धी विस्तृत प्रस्तावको अध्ययन गरी प्रतिवेदन पेस गर्न राजकुमार लिम्बूको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१० |
रमितेमा निर्माण हुने आधुनिक ल्यान्डफिल साइटको 'प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनको मस्यौदा' लाई स्वीकृतिका लागि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाउने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
११ |
विभिन्न आयोजनाहरूका लागि आवश्यक सामग्री खरिद गर्न प्राप्त दरभाउपत्रहरूमध्ये सबैभन्दा न्यून दररेट कबोल गर्ने एक्सिसग्लास फाइबर इन्डस्ट्रिज, जे.के. सप्लायर्स लगायतका फर्महरूको दररेट स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१२ |
नगरका महत्त्वपूर्ण स्थलहरूको प्रचारप्रसारका लागि फोटो पुस्तक प्रकाशन गर्न 'विज्ञापन एजेन्सी नेपाल प्रा.लि.' को प्रस्ताव स्वीकृत गर्दै उक्त कार्यका लागि रु. १,००,०००/- विनियोजन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१३ |
नेपाली चिया निर्यातमा देखिएको अवरोध समाधानका लागि तालुक निकायसँग पहल गर्ने निर्णय गर्दै बन्द गरिएका चिया उद्योगहरू तत्काल सञ्चालनमा ल्याउन सम्बद्ध उद्योगीहरूलाई अनुरोध गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१४ |
मेची राजमार्गको सडक सीमा दायाँ/बायाँ १५/१५ मिटर खाली गर्ने मापदण्ड पहाडी भूभागका कारण अव्यावहारिक देखिएकाले यसलाई पुनरावलोकन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१५ |
आउँदै गरेको मनसुनबाट हुनसक्ने सम्भावित जोखिमको पूर्वतयारीका लागि चालु आर्थिक वर्षको कार्यक्रम खर्च शीर्षकबाट विपद् व्यवस्थापन कोषमा रु. २,००,०००/- रकमान्तर गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१६ |
पुनःएकीकरण परियोजना (ReMi) अन्तर्गत योग्यता पुगेका वडा नं. ८ र १२ का २९ जना लाभग्राहीहरूलाई स्व-रोजगार कार्यक्रम सञ्चालन गर्न चक्रीय बीउपुँजी अनुदान उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१७ |
फिक्कल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरले सिफारिस गरेका आगामी आर्थिक वर्ष ०८३/०८४ का वार्षिक बजेट तथा कार्यक्रमहरूलाई नगरसभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१८ |
नगर शिक्षा समितिको बैठकबाट श्री विद्या मन्दिर बोर्डिङ स्कुल (वडा नं. ५) लाई कक्षा ९ थप सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णयलाई अनुमोदन गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
१९ |
नगर शिक्षा समितिबाट सिफारिस भएबमोजिम विभिन्न विद्यालयका १४ वटा शिक्षक तथा बाल विकास सहजकर्ताको दरबन्दी थप, कटौती, समायोजन र पदस्थापन गर्ने निर्णयलाई अनुमोदन गरियो। |
|
२०८२/८३ |
१६ |
२०८३।०३।०५ |
२० |
चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि भवन परिसर र मौलिकतामा असर नपर्ने गरी अस्थायी संरचना निर्माण गर्न ठेकेदारलाई अनुमति प्रदान गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१ |
१४ औँ कार्यपालिका बैठकका २० वटा निर्णयहरूमध्ये १६ वटा कार्यान्वयन भइसकेको, ३ वटा भइरहेको र एउटा बाँकी रहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
२ |
सूर्योदय नगरपालिकाको सङ्घ संस्था (पहिलो संशोधन) नियमावली, २०८३ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
३ |
नगर क्षेत्रभित्रका संरचनाको दिगो सञ्चालन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्दै ग्लास ब्रिजको प्रवेश शुल्कमा विद्यार्थी र बालबालिकालाई छुट दिने विषय आगामी बजेटमा समावेश गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
४ |
राजस्व परामर्श समितिबाट प्राप्त 'आर्थिक वर्ष २०८३/०८४ को राजस्व नीति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन' स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
५ |
सम्पूर्ण विषयगत समितिहरूलाई आ-आफ्नो कार्यक्षेत्रका कार्यहरूको प्रगति विवरणसहितको प्रतिवेदन आगामी कार्यपालिका बैठकमा पेस गर्न जिम्मेवारी दिने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
६ |
नगरस्तरीय अनुगमन समितिको मासिक स्थलगत अनुगमन प्रतिवेदन स्वीकृत गर्दै यसले औंल्याएका सुझावहरू क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
७ |
श्री कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा 'होटल म्यानेजमेन्ट' विषय सञ्चालन गर्न अध्ययन समितिको प्रतिवेदन अनुसार आवश्यक समन्वय गर्ने जिम्मेवारी शिक्षा शाखालाई दिने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
८ |
रौताहा टेक्निकल कलेज र जिभ करियर इन्स्टिच्युटसँगको सहकार्यमा सञ्चालित कार्यगत अभ्याससहितको (OJT) तालिमको म्याद थप आर्थिक दायित्व नपर्ने गरी २०८३ असोज मसान्तसम्म थप गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
९ |
सूर्योदय नगरपालिकाले संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र मात्र कर लगाएको र आफ्नो क्षेत्राधिकार बाहेकका विषयमा कुनै कर नलगाएको स्वघोषणा गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१० |
'नगरस्तरीय बजार व्यवस्थापन समिति' मा वडा नं. २, १० र १२ का वडा अध्यक्षहरूसहित जम्मा ५ जनालाई पदाधिकारी तोक्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
११ |
स्वास्थ्य (प्रथम संशोधन) ऐन, २०७८ बमोजिमको स्वास्थ्य समितिमा वडा नं. ४ का लव कुमार घिमिरे र वडा नं. १४ का वडा अध्यक्षलाई सदस्य तोक्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१२ |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमनका क्रममा प्राप्त सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१३ |
हस्तान्तरण भएका तथा निर्माणाधीन पूर्वाधारहरूको गुणस्तर जाँच गर्न एक महिने अभियान सञ्चालन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी पूर्वाधार विकास शाखालाई दिने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१४ |
'अलैची खेती प्रवर्द्धन कार्यक्रम' का लागि छनौट भएका ४ जना लाभग्राही कृषक तथा फर्महरूलाई जम्मा रु. ६,७०,०००/- अनुदान उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१५ |
धनसार-मङ्गलटार सिँचाई आयोजनाका सम्बन्धमा मिति २०८३।०२।१३ मा बसेको सर्वपक्षीय बैठकको निर्णय नं २ लाई अनुमोदन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१६ |
आर्थिक शिथिलतालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षका लागि जग्गाको न्यूनतम थैली मूल्य चालु आर्थिक वर्षकै मूल्याङ्कनलाई यथावत कायम गरी भूमि प्रशासन कार्यालयमा सिफारिस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१७ |
तारागाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अ.हे.व. शान्त दिल तामाङ्गलाई छात्रवृत्ति कोटामा फार्मेसी अध्ययन गर्नका लागि अध्ययन बिदाको पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१८ |
कोशी प्रादेशिक क्रिकेट संघबाट प्राप्त आर्थिक सहयोगको प्रस्तावलाई चालु आर्थिक वर्षमा बजेट अभावका कारण आगामी आर्थिक वर्षमा समेट्दै लैजाने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
१९ |
पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको पर्यटन पत्रकारिता तालिमका लागि नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिलाई रु. ३०,०००/- आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
२० |
देउराली टोल विकास संस्थाको आयोजनामा पशुपतिनगरमा मिति २०८३ जेठ २३ देखि २९ गतेसम्म मिनी मेला सञ्चालन गर्न म्याद थप गर्दै शान्ति सुरक्षा सहजीकरणका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
२१ |
'स्वच्छ चुलो कार्यक्रम' अन्तर्गत प्राप्त हुने ३०० वटा विद्युतीय इन्डक्सन चुलोहरू नगरपालिकाका १४ वटै वडामा समान सङ्ख्यामा वितरण गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
२२ |
सूर्योदय नगरपालिकाको नगरसभाको १९ औँ अधिवेशनको दोस्रो बैठक आगामी २०८३ असार ८ गते बिहान ११:०० बजे बस्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
२३ |
वैदेशिक रोजगारबाट फर्किएर व्यवसाय सञ्चालन गरिरहेका ६ जना उत्कृष्ट आप्रवासी उद्यमीहरूलाई छनौट गरी सम्मान तथा पुरस्कार वितरण गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
२४ |
वडा नं. ११ का विभिन्न सडक स्तरोन्नति निर्माण कार्यमा साइटको आवश्यकता अनुसार परिमाण घटबढ भएको भनी पेस भएको ६.१४% बढीको भेरिएसन आदेश-१ लाई स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१५ |
२०८३।०२।२२ |
२५ |
सर्वोच्च अदालतमा दायर भएको रिट (रिट नं. ०८२-WO-१३२७) को सम्बन्धमा लिखित जवाफ दिन र बहस पैरवी लगायतका सम्पूर्ण कामकारबाही गर्न कानुनी सल्लाहकार अधिवक्ता लेखनाथ दाहाललाई अख्तियारी दिने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१ |
१३ औँ बैठकका १४ वटा निर्णयहरूमध्ये ५ वटा कार्यान्वयन भइसकेको र ९ वटा भइरहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
२ |
बजार व्यवस्थापन समिति गठन तथा परिचालन कार्यविधि, २०८० को प्रथम संशोधन मस्यौदा, २०८३ स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
३ |
वडा नं. १० मा निर्माण हुने 'एकीकृत फोहोरमैला व्यवस्थापन प्रणाली' को विस्तृत परियोजना प्रतिवेदन (DPR) स्वीकृत गर्दै पहिलो चरणको निर्माण कार्यका लागि करसहित रु.१३,९९,४०,८३०.१० को लागत अनुमान स्वीकृत गरी बोलपत्र आह्वान गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
४ |
नागरिकलाई सहज सेवा प्रवाह गर्न फिक्कल क्षेत्रमा छुट्टै विद्युत् वितरण केन्द्र (शाखा कार्यालय) स्थापना गर्न नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
५ |
'सवारी तथा यातायात व्यवस्थापन समिति' मा वडा अध्यक्ष शरण राई, सदस्यहरू सावित्रा शिवा र चन्द्रकला परियारलाई तोक्दै यातायात व्यवसायीका प्रतिनिधि माग गरी समितिलाई पूर्णता दिने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
६ |
राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गतको स्थानीय कार्यक्रम कार्यान्वयन समितिमा राष्ट्रिय वाणिज्य बैंक फिक्कल शाखालाई सदस्यका रूपमा तोक्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
७ |
अनधिकृत रूपमा अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको यथार्थ विवरण वडा कार्यालयहरूमार्फत संकलन गरी प्रमाणित विवरण जिल्ला प्रशासन कार्यालय इलाममा पठाउने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
८ |
'स्वच्छ चुलो कार्यक्रम' अन्तर्गत प्राप्त हुने इन्डक्सन चुलोको नगरपालिकाले व्यहोर्ने ३०% रकममध्ये आधा आन्तरिक स्रोत र आधा उपभोक्ताबाट व्यवस्थापन गर्ने मोडेल स्वीकृत गर्दै सम्झौता गर्न कार्यालयलाई जिम्मेवारी दिइयो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
९ |
डम्पिङ साइटसम्म फोहोर पुर्याउन सहजताका लागि फोहोरमैला व्यवस्थापनका लागि विनियोजित बजेटबाट क्याटलग सपिङ विधिमार्फत थप एउटा 4WD सवारीसाधन खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१० |
१५ शय्याको प्राथमिक अस्पताल भवन निर्माण कार्य सम्पन्न भई भुक्तानीका लागि बजेट अपुग भएका कारण निर्माण व्यवसायीको म्याद २०८३ असार २७ गतेसम्म थप गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
११ |
ऋषिमोड गोर्खे सडक, सूर्योदय इनोभेसन सेन्टर भवन र वडा नं. १ का विभिन्न सडक स्तरोन्नति निर्माण कार्यमा आवश्यकता अनुसार परिमाण घटबढ भएको भनी पेस भएको भेरिएसन आदेश-१ लाई स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१२ |
फिक्कल अस्पतालका लागि आवश्यक २ जना कार्यालय सहयोगी पदमा योग्यताक्रमको वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई करार सेवामा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१३ |
तीनघरे बजारमा रहेको वधशालाको सञ्चालन, व्यवस्थापन र चुनौतीहरूको विषयमा वडा अध्यक्षहरूबाट बैठकमा जानकारी गराइयो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१४ |
वडा नं. ८ मा सार्वजनिक शौचालयको छतमा संरचना निर्माण गरी व्यवसाय सञ्चालन गर्न अनुमतिका लागि माग भएको विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यालयलाई जिम्मेवारी दिइयो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१५ |
इलाम मल्टिमिडिया प्रा.लि.बाट प्राप्त प्रस्तावलाई चालु आर्थिक वर्षमा सम्बोधन गर्न नसकिने भएकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा आवश्यकता र औचित्यका आधारमा क्रमशः सम्बोधन गर्दै लैजाने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१६ |
जलविद्युत आयोजनाबाट प्रभावित वडा नं. ५ का बालबालिकाहरूको डिम्याट (Demat) खाता खोली सेयरमा सहभागी गराउन बैंकसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी शिक्षा शाखा र वडा कार्यालयलाई दिइयो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१७ |
विपद्को उच्च जोखिममा रहेको वडा नं. १४ स्थित सरस्वती माध्यमिक विद्यालय प्रवेश गर्ने बाटोमा प्रोटेक्सन वाल निर्माण गर्न विपद् व्यवस्थापन कोषबाट रु. १,००,०००/- उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१८ |
करफोक विद्या मन्दिर माध्यमिक विद्यालयको नाममा झापा जिल्लामा रहेको अतिक्रमित जग्गा मुक्त गराउन जिल्ला प्रशासन कार्यालयहरू र सम्बन्धित नगरपालिकाहरू (कन्काई र अर्जुनधारा) लाई पत्राचार गरी समन्वय गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
१९ |
चट्याङका कारण घरमा क्षति पुगेको र गाई मरेको हुनाले वडा नं. ११ निवासी रविन्द्र कुमार राईलाई विपद् व्यवस्थापन कोषबाट रु. १०,०००/- राहत उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१४ |
२०८३।०१।२४ |
२० |
'चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र' को विषयमा उठेका प्रश्नहरू स्पष्ट पार्न प्रेस विज्ञप्ति जारी गर्ने र पारदर्शिताका लागि सम्पूर्ण कागजी प्रक्रिया र कार्यविधिको विस्तृत पुनरावलोकन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
१ |
१२ औँ कार्यपालिका बैठकका १० वटा निर्णयहरूमध्ये ६ वटा कार्यान्वयन भइसकेको, ३ वटा भइरहेको र एउटा बाँकी रहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
१२ |
२०८३।०१।०७ |
२ |
मिति २०८२।०१।०७ गतेबाट सुरु भएको नगरसभाको १९ औँ अधिवेशनको दोस्रो बैठक मिति २०८३।०१।२८ गते बस्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
३ |
विषयगत समितिहरूले तयार गरेको आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रमको मस्यौदा स्वीकृत गर्दै १९ औँ नगरसभामा पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
४ |
बजार व्यवस्थापन समिति गठन तथा परिचालन कार्यविधि, २०८० (प्रथम संशोधन) मस्यौदा, २०८३ माथि आगामी बैठकमा छलफल गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
५ |
कार्यप्रकृति र कार्यबोझमा आएको परिवर्तनलाई सम्बोधन गर्न संगठन संरचना र दरबन्दीको पुनरावलोकन गर्न प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको संयोजकत्वमा सिफारिस समिति गठन गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
६ |
निर्माण सम्पन्न भएका ग्लास ब्रिज, बुद्धपार्क लगायतका संरचनाहरूको दिगो सञ्चालन र मर्मतसम्भारको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार विकास समितिका संयोजकको नेतृत्वमा अध्ययन समिति गठन गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
७ |
विगतदेखिको बेरुजु व्यवस्थित रूपमा फर्छ्यौट गर्न 'बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि' को मस्यौदा तयार गर्ने जिम्मेवारी विधायन समितिका संयोजक उर्गेन बम्जनको संयोजकत्वमा रहेको समितिलाई दिइयो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
८ |
२०७४ सालको निर्वाचनपछि जनप्रतिनिधिहरू बहाल भएदेखि हालसम्म हासिल भएका समग्र उपलब्धिहरूको 'एकीकृत उपलब्धि प्रतिवेदन' तयार गर्न सामाजिक विकास समिति संयोजक डिक बहादुर बम्जनको संयोजकत्वमा समिति गठन गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
९ |
'रैथाने बाली प्रवर्द्धन कार्यक्रम' सञ्चालनका लागि लाभग्राहीका रूपमा छनौट भएको 'राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सूर्योदय नगर कार्यसमिति' लाई रु. ४,००,०००/- अनुदान उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
१० |
वडा नं. २ स्थित समृद्धि टोल विकास संस्थालाई स्थानीय पर्यटन र आयआर्जन प्रवर्द्धन गर्ने उद्देश्यले निर्धारित सर्तहरू पालना गर्ने गरी मिति २०८३।०१।१९ देखि २०८३।०१।२६ सम्म पशुपतिनगर मिनी मेला आयोजना गर्न स्वीकृति प्रदान गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
१२ |
नागरिकको स्वास्थ्य सुधार र वातावरण संरक्षणका लागि वातावरण संरक्षण शिविर, ललितपुरलाई 'स्वच्छ हावा चुल्हो परियोजना' सञ्चालन गर्न अनुमति प्रदान गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
१३ |
चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्रमा निर्माणाधीन खानेपानी योजनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न पूर्वाधार विकास शाखा प्रमुख आशिष सुवेदीको संयोजकत्वमा समिति गठन गरियो। |
|
२०८२/८३ |
१३ |
२०८३।०१।०७ |
१४ |
“घ” वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४ को छैटौँ संशोधन मस्यौदा स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
१ |
एघारौं कार्यपालिका बैठकका ८ वटा निर्णयहरूमध्ये ४ वटा कार्यान्वयन भइसकेको र ४ वटा भइरहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
२ |
नगरसभाको १८ औँ अधिवेशनको दोस्रो बैठकमा सहकारी, स्वास्थ्य, सवारी तथा यातायात व्यवस्थापन र नगर प्रहरी ऐन संशोधन गर्न बनेका विधेयकहरू पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
३ |
नगरपालिकाको गुणस्तरीय चिया उत्पादन, संकलन तथा प्रशोधन सम्बन्धी कार्यविधि, २०८२ को मस्यौदालाई संशोधन सहित स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
४ |
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अपुग बजेट व्यवस्थापन र भुक्तानीका लागि निर्माण कार्यको वास्तविकता यकिन गर्न पेमा उगेन लामाको संयोजकत्वमा ४ सदस्यीय 'स्थलगत अध्ययन समिति' गठन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
५ |
फिक्कलमा स्थापना हुन लागेको मालपोत तथा नापी कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भवन, फर्निचर र नेटवर्किङ लगायतका पूर्वाधारहरू नगरपालिकाको तर्फबाट व्यवस्थापन गरिदिने निर्णय गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
६ |
दोस्रो 'राष्ट्रिय आर्थिक गणना, २०८२' लाई प्रभावकारी बनाउन नगर प्रमुखको संयोजकत्वमा "स्थानीय आर्थिक गणना समन्वय समिति" र वडाध्यक्षहरूको संयोजकत्वमा "आर्थिक गणना वडा सहजीकरण समिति" गठन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
७ |
वडा नं. ३ स्थित बौद्धधाममा निर्माणाधीन अमिताभ बुद्धको मूर्तिको प्राण प्रतिष्ठा र अन्य संरचना निर्माणका लागि श्री गौतम बुद्ध स्मृति प्रतिष्ठानलाई रु. २,००,०००/- उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
८ |
फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन उपयुक्त मोडेलको विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी सम्बन्धित विषयगत समिति र शाखालाई दिइयो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।१९ |
९ |
पर्यटन क्षेत्रको व्यवस्थापनका लागि 'स्थानीय पर्यटन ऐन' निर्माण गर्न आवश्यक परामर्श सेवा खरिद गरी प्रक्रिया अगाडि बढाउने र यसका लागि नगरसभाबाट बजेट विनियोजन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१३ |
२०८२।१२।१९ |
११ |
श्री मंगल ज्योती सेवा प्रतिष्ठानले निर्माणाधीन वृद्धाश्रम भवन र संस्थाको ऋण नगरपालिकालाई हस्तान्तरण गर्न पेस गरेको निवेदनका सम्बन्धमा विस्तृत अध्ययन तथा मूल्याङ्कन गरी कानुनी प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिइयो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
१ |
दशौँ कार्यपालिका बैठकका ११ वटा निर्णयहरूमध्ये ४ वटा कार्यान्वयन भइसकेको, २ वटा भइरहेको र ५ वटा बाँकी रहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
२ |
आगामी १८ औँ नगरसभामा पेस गरिने विभिन्न विधेयक तथा प्रस्तावहरू स्वीकृत गर्दै केही विधेयक र चिया सम्बन्धी कार्यविधिको मस्यौदालाई थप छलफल तथा सार्वजनिक रायसुझावका लागि पठाउने निर्णय गरियो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
३ |
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कोशी प्रदेश सरकारको समपुरक अनुदानबाट सञ्चालन गर्न ऋषिमोड–गोर्खे र बरबोटे–कट्टेबुङ सडक स्तरोन्नति आयोजना प्रस्ताव गर्दै साझेदारी रकम आगामी नगरसभाबाट विनियोजन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
४ |
नगर क्षेत्रका मुख्य बजार तथा पसलहरूमा बजार अनुगमन समितिले विभिन्न समयमा गरेको अनुगमन प्रतिवेदनलाई स्वीकृत गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
५ |
साना सिँचाइ कार्यक्रम अन्तर्गत आ.व. २०७८/०७९ को लेखापरीक्षणबाट औंल्याइएको बेरुजुलाई नियमित गर्न चालु आर्थिक वर्षको क्रमागत योजनाबाट प्रदेश सरकार र नगरपालिकाको अनुपात मिलान गरी भुक्तानी गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
६ |
फिक्कलमा चैत्र १२ देखि १४ गतेसम्म "प्रथम सूर्योदय कृषि मेला–२०८२" सञ्चालन गर्न अनुमति प्रदान गर्दै आयोजक समितिलाई रु. २,००,०००/- आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
७ |
आफ्नै भवन निर्माण भइनसकेको वडा नं. १० को वडा कार्यालयलाई नगरपालिकाको नवनिर्मित इनोभेसन सेन्टरमा स्थानान्तरण गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
११ |
२०८२।१२।११ |
८ |
कृषि विकास शाखाअन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालन हुने भकारो सुधार कार्यक्रम वडा नं. ५ र १० मा, फलफूल बिरुवा वितरण कार्यक्रम ७ र ९ मा र प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम वडा नं. ३ मा सञ्चालन गर्न वडाहरू छनौट गरियो। |
|
२०८२/८३ |
१२ |
२०८२।१२।११ |
१० |
प्रदेश योजना आयोगको सूचना अनुसार आगामी आर्थिक वर्ष ०८३/८४ मा कार्यान्वयन हुने गरी विभिन्न सडक, पूर्वाधार, भवन र कृषि प्रवर्द्धनसहितका आयोजनाहरूको प्रस्ताव तयार गरी पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
१ |
नवौँ बैठकका निर्णयहरूको समीक्षा गर्दै कार्यपालिका बैठकका सम्पूर्ण निर्णयहरूको कार्यान्वयन अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्न सोनाम छिरिङ लामाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
२ |
नगरसभाको १८ औँ अधिवेशनको प्रथम बैठक आगामी २०८२ चैत्र ११ गते बस्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
३ |
नगर क्षेत्रका विद्यालयहरूमा लागू हुने गरी तयार पारिएको 'कामको संसार चिनाउने कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८२' को मस्यौदा स्वीकृत गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
४ |
सूर्योदय नगर खेलकुद विकास समितिमा मणि कुमार गुरुङलाई संयोजक तथा अन्य पाँच जनालाई सदस्यका रूपमा तोक्ने र मनोनित गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
५ |
रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा दर्ता भएका महिला ७७ र पुरुष ६४ गरी जम्मा १४१ जना बेरोजगार व्यक्तिहरूको सूची स्वीकृत गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
६ |
मेची राजमार्ग लगायतका मुख्य सडकहरूको क्षेत्राधिकार तथा सेटब्याक मापदण्ड पुनरावलोकनका लागि संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव आगामी नगरसभामा पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
७ |
नगरपालिकालाई सडक आश्रित मानवमुक्त पालिका बनाउन मानवसेवा आश्रम विराटनगरको प्रस्ताव बमोजिम आगामी आर्थिक वर्षको नगरसभाबाट आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
८ |
फुटबल प्रतियोगिता आयोजना गर्न आइतबारे युवा क्लबलाई “अन्य सामाजिक सहायता” शीर्षकबाट रु ३०,०००/- आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
९ |
प्रथम सूर्योदय कृषि मेला आयोजक समिति फिक्कलबाट प्राप्त प्रस्तावलाई आगामी कार्यपालिका बैठकमा छलफलका लागि लैजाने निर्णय गरियो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
१० |
नगरस्तरीय अनुगमन सुपरीवेक्षण समितिले भौतिक पूर्वाधार योजनाहरूको स्थलगत निरीक्षण गरी पेस गरेको २०८२ साल फागुन महिनाको मासिक प्रतिवेदन बैठकमा जानकारी गराइयो। |
|
२०८२/८३ |
१० |
२०८२।११।२९ |
११ |
किसानको लगानी सुरक्षित गर्न धान र उखु जस्तै चियाको पनि राष्ट्रिय स्तरमै 'न्यूनतम समर्थन मूल्य' निर्धारण गरिदिन संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव आगामी नगरसभामा पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
२ |
पूर्वाधार तथा सार्वजनिक सम्पत्तिको मर्मत सम्भारलाई व्यवस्थित बनाउन 'मर्मत सम्भार विशेष कोष सञ्चालन निर्देशिका, २०७४ (प्रथम संशोधन) मस्यौदा, २०८२' स्वीकृत गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
३ |
सामुदायिक कुकुर नियन्त्रण र रेबिज रोग न्यूनीकरणका लागि तयार पारिएको कार्यविधि स्वीकृत गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी पशुपन्छी विकास शाखालाई दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
४ |
चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन (तेस्रो संशोधन) कार्यविधि, २०८२ स्वीकृत गरी बोलपत्रको म्याद एक महिना थप गर्ने र भाडा सुरु हुने मिति २०८३ वैशाख १ गतेबाट लागु गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
५ |
नगरभित्र खेलकुद क्षेत्रको विकासका लागि 'राष्ट्रपति रनिङ शिल्ड तथा पालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२' को मस्यौदा स्वीकृत गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
६ |
वडास्तरीय विषयगत समितिहरूका निर्णयसहित पेस भएका प्रतिवेदनहरू अनुमोदन गर्दै त्यहाँ उल्लेखित समस्या तथा आवश्यकताहरूलाई आगामी योजनामा प्राथमिकीकरण गरेर समेट्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
७ |
विभिन्न खानेपानी योजनाहरूका लागि कुल रु. ९,२८,८२१।८२ लागतमा आवश्यक पाइप खरिद गर्ने काम अगाडि बढाउन खरिद शाखालाई जिम्मेवारी दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
८ |
चालु आर्थिक वर्षको माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने एचपीभी (HPV) खोप अभियानको योजना र तयारीका विषयमा जानकारी गराइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
९ |
खोपको कभरेज ९५% भन्दा माथि देखिएकोले वडाहरूलाई ‘पूर्णखोप दिगोपना सुनिश्चित वडा’ प्रमाणीकरण गर्ने र नगरलाई ‘पूर्ण खोप सुनिश्चित नगर’ घोषणाका लागि जिल्ला खोप समन्वय समितिमा अनुरोध गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१० |
'छुर्पी प्रवर्धन कार्यक्रम' अन्तर्गत छनौट भएका अनुराधा डेरी उद्योगलाई पाँच लाख र हिमाली दुग्ध डेरी उद्योगलाई एक लाख पैंसठ्ठी हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
११ |
नगरका बजारहरूको व्यवस्थापन गर्न बनेको बजार व्यवस्थापन सम्बन्धी कार्यविधिलाई परिमार्जन गरी संशोधन मस्यौदा तयार गर्ने जिम्मेवारी विधायन समितिलाई दिइयो। |
|
२०८१/८२ |
९ |
२०८२।१०।२३ |
१२ |
पर्यटकीय स्थलहरूको प्रवर्धन र पूर्वाधार विकासका लागि नगरस्तरीय पर्यटन विकास समिति गठन कार्यविधिको मस्यौदा तयार गर्न देवेन्द्र शर्माको संयोजकत्वमा समिति गठन गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१३ |
समायोजन वा बन्द भई पठनपाठन नभएका १२ वटा विद्यालयहरूको भवन, जग्गा र सम्पत्तिको अभिलेख यकिन गरी उचित व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालयहरूलाई जिम्मेवारी दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१४ |
चिया किसानका वास्तविक समस्या र आवश्यकता पहिचान गर्ने कार्यको नेतृत्व आर्थिक विकास समिति संयोजकलाई दिँदै यसमा सहजीकरण गर्न सबै वडाहरूलाई जिम्मेवारी तोकियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१५ |
फिक्कल गुम्बापथस्थित पार्किङ स्थलको जग्गा भाडा सम्झौता भङ्ग गरी संरचना हटाउने र पर्यटकीय नगरलाई ध्वनि प्रदूषणमुक्त बनाउन "हर्न निषेध" अभियान कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१६ |
नगरवासीलाई सुरक्षित यातायात सेवा प्रदान गर्न 'नगर सिटी बस सेवा' सञ्चालनका लागि आवश्यक बस अनुदानमा उपलब्ध गराइदिन भारत र चीन दुवै देशका राजदूतावासलाई अनुरोध गरी पत्राचार गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१७ |
तीनघरे बजारमा रहेको वधशालालाई थप व्यवस्थित रूपमा सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी वडा नं. ११ र १२ का वडाध्यक्षज्यूहरूलाई दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१८ |
सडक कालोपत्रे कार्य सहज बनाउन भिन्टेज कन्ट्रक्सन एण्ड सप्लायर्सलाई असार मसान्तसम्मका लागि रु. १,००,०००/- बहाल लिएर फोहोरमैला व्यवस्थापनमा असर नपर्ने सर्तमा बिटुमिन प्लान्ट स्थापना गर्न अनुमति दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१८ |
सडक कालोपत्रे कार्य सहज बनाउन भिन्टेज कन्ट्रक्सन एण्ड सप्लायर्सलाई असार मसान्तसम्मका लागि रु. १,००,०००/- बहाल लिएर फोहोरमैला व्यवस्थापनमा असर नपर्ने सर्तमा बिटुमिन प्लान्ट स्थापना गर्न अनुमति दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
१९ |
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता र शान्ति सुरक्षालाई मध्यनजर गर्दै समृद्धि टोल विकास संस्थाले माग गरेको मिनी मेला आयोजना गर्न हाललाई अनुमति नदिने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
२० |
'च्याउ पकेट विकास कार्यक्रम' अन्तर्गत छनौट भएका तीनवटा कृषि फर्महरूलाई जम्मा रु. ५,७०,०००/- अनुदान उपलब्ध गराई सम्झौता गर्न कृषि विकास शाखालाई जिम्मेवारी दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
२१ |
सिसा आयातमा समय लाग्ने कारण देखाउँदै निर्माण व्यवसायीको निवेदन बमोजिम सिसाको झोलुङ्गे पुल निर्माण आयोजनाको म्याद अन्तिम पटक २०८२ चैत ३० गतेसम्म थप गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
२२ |
कन्याम पर्यटकीय क्षेत्रमा सञ्चालित ट्रलीहरूको व्यवस्थित सञ्चालन र दिगो व्यवस्थापनका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न 'ट्रली व्यवसाय व्यवस्थापन समिति' लाई जिम्मेवारी दिइयो। |
|
२०८२/८३ |
९ |
२०८२।१०।२३ |
२३ |
आगामी आर्थिक वर्ष २०८३/०८४ र २०८४/०८५ का लागि संघीय समपुरक तथा विशेष अनुदानबाट सञ्चालन गर्न विभिन्न विद्यालय पुनर्निर्माण र सडक स्तरोन्नति आयोजनाहरू छनौट गरी राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेस गर्ने निर्णय गरियो। |
|
२०८२/८३ |
९ |
२०८२-१०-२३ |
१ |
नगर कार्यपालिकाको आठौँ बैठकका १७ वटा निर्णयहरूमध्ये ९ वटा कार्यान्वयन भइसकेको, ५ वटा भइरहेको र ३ वटा बाँकी रहेको विषयमा समीक्षा गरियो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
१ |
सातौँ बैठकका १६ वटा निर्णयहरूमध्ये ७ वटा कार्यान्वयन भइसकेको, ८ वटा भइरहेको र १ वटा हुन बाँकी रहेको समीक्षा गर्दै, निशान पदमार्ग पदयात्रा सफल बनाउन खटिने सबैलाई धन्यवाद व्यक्त गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
२ |
नगरपालिकाको नगरसभाको १८ औं अधिवेशन प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु नभएको अवस्थामा २०८२ माघ १२ गते बस्ने निर्णय भयो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
३ |
"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४ (छैटौँ संशोधन मस्यौदा) माथि आगामी बैठकमा छलफल गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
४ |
वडा नं. ३ स्थित श्री पूर्वक्षितिज परिवार क्लबलाई शान्ति सुरक्षा र सर्तहरू पालना गर्ने गरी माघ १० देखि ३० गतेसम्म 'कट्टेबुड्ङ्ग फुटबल च्यालेन्ज कप, २०८२' सञ्चालन गर्न अनुमति दिने निर्णय भयो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
५ |
श्री हिमालय माध्यमिक विद्यालयलाई साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमको खर्च व्यवस्थापनका लागि शैक्षिक प्रदर्शनी शीर्षकको बजेटबाट रु. ५०,००० सहयोग उपलब्ध गराउने र नगरसभाबाट अनुमोदन गराउने निर्णय भयो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
६ |
स्वतन्त्र विद्यार्थी युनियन, म.र.ब. क्याम्पस, इलामको स्ववियु विद्यार्थी महोत्सवका लागि आर्थिक सहयोगसम्बन्धी पत्रमा आगामी बैठकमा छलफल गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
९ |
Barbote Kattebung Chiruwa Road Phase V को कालोपत्रे कार्यमा भेरिएसन आदेश जाँचबुझ समितिको सिफारिसका आधारमा संशोधित सम्झौता मूल्य रु. २,७२,२६,३७५.९५ हुने गरी भेरिएसन आदेश-१ स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
८ |
२०८२-१०-०२ |
१० |
नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा सेवा करारमा कार्यरत १७३ जना कर्मचारीहरूको म्याद २०८२ माघ १ गतेदेखि लागू हुने गरी २०८३ असार मसान्तसम्म ६ महिनाका लागि थप गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
१ |
छैठौं बैठकका २६ वटा निर्णयहरूमध्ये १४ वटा कार्यान्वयन भइसकेको र १२ वटा कार्यान्वयन भइरहेको सम्बन्धमा समीक्षा भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
२ |
ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्र व्यवस्थापन मापदण्ड, २०८२ को अन्तिम मस्यौदा तयार गर्नका लागि सङ्घीय र प्रादेशिक कानुन अध्ययन तथा सरोकारवालासँग छलफल गर्न विधेयक समितिलाई जिम्मेवारी दिने निर्णय भयो । |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
३ |
आर्थिक वर्ष २०८३/०८४ मा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजनाहरू (शैक्षिक फर्निचर, विपद् न्यूनीकरण, र आधारभूत स्वास्थ्य सेवा) को लागत अनुमान तयार गरी पेस गर्न योजना र पूर्वाधार विकास शाखालाई जिम्मेवारी दिने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
४ |
कृषि विकास शाखा अन्तर्गत सञ्चालन हुने फलफूल बिरुवा वितरण (वडा ७ र ९), चिया टिप्ने मेसिन अनुदान (सबै वडा), र अलैंची खेती प्रवर्धन (वडा १, १० र ११) कार्यक्रमका लागि वडाहरू छनौट गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
५ |
राजस्व परामर्श समितिको प्रतिवेदन स्वीकृत गर्दै वडा नं. २ मा रहेको ट्याक्सी पार्किङ स्थलको व्यवस्थापनका लागि सुशासन तथा संस्थागत क्षमता विकास समितिलाई जिम्मेवारी दिने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
६ |
अविरल वर्षा र विपद्का कारण समयमा सम्पन्न हुन नसकेको 'Suryodaya Innovation center' भवन निर्माण कार्य (Bhagwati Rajlawat-Jv) को म्याद २०८२ फागुन ३० गतेसम्म थप गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
७ |
चियाबारी पदमार्गको निर्माण तथा सञ्चालनको दिगोपनाका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (DPR) संशोधनसहित स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
८ |
अर्जुनधारा नगरपालिकाको मागअनुसार आगलागी नियन्त्रणका लागि वारुणयन्त्र हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई जिम्मेवारी दिने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
९ |
वडा नं. ३ (तीनखुट्टे रेडियन्ट क्लब) र वडा नं. ९ (समृद्धि युवा समाज तथा फुटबल क्लब) मा मनोरञ्जन कर, शान्ति सुरक्षा, र समयसीमा लगायतका विभिन्न सर्तहरू पालना गर्ने गरी मेला सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय भयो। साथै, वडा नं. ५ को अन्तु पर्यटन प्रवर्धन मिनि मेलाको समयावधि पुस ११ गतेसम्म थप गर्ने निर्णय अनुमोदन गरियो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
१० |
लाप्चा समुदायको नामवन पर्वको अवसरमा पुस ९ गते दिइएको सार्वजनिक बिदा अनुमोदन गर्दै उक्त पर्वको व्यवस्थित सञ्चालनका लागि 'रोड सेजुम ठी' लाई रु. २,००,००० सम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
११ |
निशान पदमार्गको उद्धम स्थल छब्बिसे (मेचीबजार) मा ऐतिहासिक विवरणसहितको शिलालेख स्थापना गर्न लागत अनुमान स्वीकृत गराई यथाशीघ्र व्यवस्था मिलाउन कार्यालयलाई निर्देशन दिने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
१२ |
वडा कार्यालयहरूबाट गोलिया कटानका लागि आएका सिफारिसहरूको जाँचबुझ गरी नियमानुसार स्वीकृति दिने र सोको मासिक प्रतिवेदन कार्यपालिका बैठकमा पेस गर्न वन, वातावरण तथा विपद् व्यवस्थापन शाखालाई निर्देशन दिने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
१३ |
स्थानीय सडकमा चल्ने मालबाहक सवारीसाधनलाई प्रदूषण शुल्क निर्धारण गरी आगामी आर्थिक ऐनमा समावेश गर्न अध्ययन गरी राजस्व परामर्श समितिमा पेस गर्न वन, वातावरण तथा विपद् व्यवस्थापन शाखालाई जिम्मेवारी दिने निर्णय भयो । |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
१४ |
विद्यालय भौतिक पूर्वाधार निर्माण गुरुयोजना अनुसार प्राप्त सशर्त अनुदान र नगरपालिकाको १०% साझेदारीसहित रु. १ करोड ९८ लाखको बजेटबाट कृष्णाश्रम मा.वि. (वडा ७), सिंहदेवी मा.वि. (वडा १), र सरस्वती आ.वि. (वडा ५) मा ४-कोठे भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
१५ |
कार्यालयमा कार्यरत अधिकृत (सातौं तह) दिनेश बराललाई व्यक्तिगत समस्याका कारण घरपायक सरुवा जान सहमति प्रदान गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
७ |
२०८२-०९-१३ |
१६ |
फिक्कल गुम्बापथस्थित पार्किङ क्षेत्रमा सञ्चालित तरकारी हाटलाई व्यवस्थित गर्न र पार्किङ स्थललाई प्रभावकारी बनाउन वडा अध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१ |
फिक्कल गुम्बापथस्थित पार्किङ र वडा नं. १२ को फोहोरमैला विसर्जन स्थल व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदनहरू स्वीकृत गर्दै, पार्किङको भाडा भुक्तानी, तरकारी हाट व्यवस्थापन र विसर्जन स्थलका प्रभावितहरूको स्वास्थ्य बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१ |
अघिल्लो पाँचौं बैठकका १४ वटा निर्णयहरूमध्ये ११ वटा कार्यान्वयन भइसकेको र ३ वटा भइरहेको समीक्षा भयो, साथै वडा अध्यक्षहरूबाट वडाका गतिविधिको जानकारी प्राप्त भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
३ |
आवधिक विकास योजना तर्जुमा, दिगो विकास लक्ष्यको स्वैच्छिक समीक्षा, र वातावरण तथा बालमैत्री घोषणाको समीक्षाका लागि पौष २ गते सरोकारवालाहरूको बैठक बोलाउने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
४ |
चिया परीक्षण केन्द्रमा इलिभेटेड स्टील ट्याङ्की निर्माण गर्न स्वीकृत लागत अनुमान रु. १६,३७,५९७.२७मध्ये ३०% मर्मत सम्भार शीर्षकबाट र ७०% चिया परीक्षण प्रयोगशाला उपकरण खरिद शीर्षकबाट खर्च गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
५ |
चियाको गुणस्तर र न्यूनतम समर्थन मूल्य सम्बन्धमा सबै वडामा गई किसानका समस्या र सुझाव सङ्कलन गरी प्रतिवेदन पेस गर्न आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
६ |
तमु ल्होसार र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा कन्याममा आयोजना हुने 'Suryodaya Food & Cultural Festival' लाई स्वीकृति प्रदान गर्दै रु. २ लाख उपलब्ध गराउने र शान्ति सुरक्षाका लागि समन्वय गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
७ |
वडा नं. ७ र ९ लाई मङ्सिर २७ गते पोषणमैत्री वडा घोषणा गर्ने निर्णय गर्दै आवश्यक तयारीका लागि सम्बन्धित वडा कार्यालय र स्वास्थ्य शाखालाई जिम्मेवारी दिइयो । |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
८ |
वडा नं. १० को कार्यालय भवन निर्माणको लागत अनुमान स्वीकृत गर्दै स्रोत सुनिश्चित नभएकाले आगामी नगरसभामा बजेट विनियोजनका लागि पेस गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
९ |
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत यस आर्थिक वर्षमा 'Professional Plumber' (र वैकल्पिकमा 'Professional Welder') तालिम सञ्चालन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१० |
सीप परियोजना अन्तर्गतका कार्यक्रमहरूको अनुगमन गरी प्रतिवेदन पेस गर्न नगर उपप्रमुखको संयोजकत्वमा रहेको साविककै अनुगमन समितिलाई जिम्मेवारी दिने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
११ |
फिक्कल माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरूको शैक्षिक भ्रमणका लागि 'बाह्र महिना बाह्र कार्यक्रम' शीर्षकबाट रु. ५०,००० सहयोग उपलब्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१२ |
सामुदायिक माध्यमिक विद्यालयहरूमा रिक्त हुने विद्यालय सहायक, सहयोगी कर्मचारी तथा बाल शिक्षक पदपूर्तिका लागि छनौट परीक्षाको पाठ्यक्रम तथा मापदण्ड संशोधनसहित स्वीकृत गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१३ |
नगर शिक्षा समितिको सदस्य पदमा नगरसभा सदस्यहरू चन्द्रकला मैनाली र पुन्य प्रसाद पोख्रेललाई मनोनित गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१४ |
सीप परीक्षण समयमा सम्पन्न हुन नसकेकोले सञ्चालनमा रहेका दुईवटा तालिमका (हार्डवेयर एन्ड नेटवर्क टेक्निसियन र कुक) तालिम प्रदायक संस्थाहरूसँगको सम्झौताको म्याद २०८२/१२/३० सम्म थप गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१५ |
कुकुर बन्ध्याकरण शिविरका लागि स्थल छनौट गर्ने जिम्मेवारी आर्थिक विकास समितिलाई दिने र गोठ सुधार कार्यक्रममा विपद् प्रभावित कृषकलाई प्राथमिकता दिई कार्यान्वयन गर्न निर्देशन दिने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१६ |
राजस्व परामर्श समितिको मङ्सिर १२ गतेको बैठकले गरेका निर्णयहरूका सम्बन्धमा बैठकमा जानकारी गराइयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१७ |
श्री अन्तुडाँडा युवा क्लबलाई मङ्सिर २५ देखि पौष ६ सम्म शान्ति सुरक्षा, समयसीमा, र फोहोर व्यवस्थापन जस्ता सर्तहरू पालना गर्ने गरी 'अन्तु पर्यटन प्रवर्धन मिनि मेला' सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१८ |
सरसफाइ कर्मचारी जितेन्द्र मल्लिकको निधनपछि सोही पदमा निजकी श्रीमती सत्नी मल्लिकलाई उही सेवासुविधासहित असोज २१ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
१९ |
श्रीअन्तुमा खटिएका नगर प्रहरीको खाना र होटल खर्च यकिन गरी नियमसङ्गत रूपमा भुक्तानी दिन कार्यालयलाई निर्देशन दिने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
२० |
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ का व्यवस्थाहरूबारे बैठकमा जानकारी गराइयो । |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
२१ |
असोज १८ र १९ को प्राकृतिक विपद्को क्षति, उद्धार, र पुनर्निर्माणसम्बन्धी अभिलेख राख्न रु. १,५०,००० सम्म खर्च हुने गरी भिडियो डकुमेन्ट्री निर्माण गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
२२ |
वडा नं. ३ को बुद्ध पार्कभित्र निर्माण र सौन्दर्गीकरण कार्यका लागि विनियोजित बजेटबाट रु. १,००,००० उपलब्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
२३ |
वडा नं. २ र ४ मा अवस्थित श्री दीपकमल सामुदायिक वन उपभोक्ता समूहले पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
२४ |
चियाबारी पदमार्ग निर्माण कार्य उपभोक्ता समितिमार्फत तीन प्याकेजमा गर्ने र पदमार्ग सञ्चालनको दिगोपनासम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन परिमार्जनसहित स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
२५ |
विपद्का कारण समयमा सम्पन्न हुन नसकेको भनी पेस भएको निवेदनअनुसार चुम्माङको पुच्छार गाउँ सिँचाइ जल उपभोक्ता समितिको पक्की कुलो निर्माण कार्यको म्याद २०८२ माघ १५ गतेसम्म थप गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
६ |
२०८२-०८-१६ |
२६ |
Glass Deck सहितको झोलुङ्गे पुल निर्माण कार्यमा भेरिएसन आदेश जाँचबुझ समितिको सिफारिसका आधारमा संशोधित सम्झौता मूल्य रु. ६,८२,२०,४६२.१० हुने गरी भेरिएसन आदेश-१ स्वीकृत गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
१ |
अघिल्लो बैठकका १० वटै निर्णयहरू कार्यान्वयन भइसकेको समीक्षा भयो, र विपद्-बाट भएको क्षतिको विवरण तथा खानेपानी आयोजनामा भएको क्षतिको सम्बन्धमा जानकारी प्रस्तुत गरियो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
२ |
नगरस्तरीय विपद् व्यवस्थापन समितिको मिति २०८२।०७।०८ को बैठकले गरेका सबै निर्णयहरू अनुमोदन गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
३ |
वडा नं. १२ को फोहोरमैला विसर्जन स्थलको व्यवस्थापन, प्रभावित बासिन्दाको स्वास्थ्य बीमा र सम्झौता कार्यान्वयनको अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्न १२ नं वडा अध्यक्ष आमन्त्रित सदस्य रहने गरी वन, वातावरण तथा विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय भयो । |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
४ |
बाटो अवरुद्ध भएकाले फोहोरमैलाको तत्काल व्यवस्थापन गर्न भाडामा सवारीसाधन व्यवस्थापन गरी सङ्कलन कार्य भइरहेकोमा सम्झौता अनुसार भुक्तानी गर्ने विपद् व्यवस्थापन समितिको निर्णय अनुमोदन गर्दै उक्त कार्यको जिम्मेवारी वन, वातावरण तथा विपद् व्यवस्थापन शाखालाई दिने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
५ |
श्रीअन्तु पर्यटन व्यवसायी संघसँगको ५०% साझेदारीमा अन्तुपोखरी क्षेत्र सरसफाइका लागि राजेश मलिकलाई मासिक रु ९,२५० पारिश्रमिक दिने गरी कार्तिक महिनादेखि कर्मचारी नियुक्त गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
६ |
फिक्कल गुम्बापथ सवारीसाधन पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न पूर्वगठित समितिलाई पार्किङ सम्झौताको थप अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेस गर्न पुनःजिम्मेवारी दिने निर्णय भयो । |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
७ |
वडा नं ३ स्थित बुद्धपार्कमा सञ्चालित व्यवसायहरुले शान्त वातावरणमा असर पुर्याएको गुनासो आएकाले सञ्चालन र व्यवस्थापन कार्यविधि निर्माणका लागि छलफल र सुझाव सङ्कलन गरी १ महिनाभित्र प्रतिवेदन पेस गर्न आमन्त्रित सदस्यहरुसहितको विधायन समितिलाई जिम्मेवारी दिने निर्णय भयो । |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
८ |
कन्याम क्षेत्रमा सञ्चालित ट्रली, साइकल, मोटरसाइकल लगायतका व्यवसायको दर्ता, अनुमति र व्यवस्थापन अध्ययन गरी प्रतिवेदन पेस गर्न ट्रली व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
९ |
असोज १८ गतेको अविरल वर्षाबाट प्रभावित नगरवासीलाई सहयोगस्वरूप सबै जनप्रतिनिधिहरूले आफ्नो दुई दिनको सेवासुविधाबापतको रकम प्रकोप व्यवस्थापन कोषमा योगदान गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
१० |
१५ बेडको प्राथमिक अस्पताल निर्माण (आशिष आशिर्वाद जेभी) को म्याद २०८२।०९।३० सम्म र Glass Deck सहितको झोलुङ्गे पुल निर्माण (वि एलटि कन्स्ट्रक्सन) को म्याद २०८२।१०।१५ सम्म थप गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
११ |
दमकल व्यवस्थापनमा खटिने बढीमा २ जना नगर प्रहरीलाई २०८२।०४।०१ देखि लागु हुने गरी रासनबापत प्रतिव्यक्ति मासिक रु. ३००० थप उपलब्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
१२ |
१५ बेडको प्राथमिक अस्पताल निर्माण कार्यमा भेरिएसन आदेश जाँचबुझ समितिको सिफारिस र प्राविधिक पुष्ट्याइँका आधारमा संशोधित सम्झौता मूल्य रु. १०,३७,८०,१५२.४९ हुने गरी भेरिएसन आदेश-१ स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
१३ |
नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत "सूर्योदय नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सुदृढीकरण परियोजना" को अवधारणा पत्र पेस गर्ने र साझेदारीबापतको रकम आगामी हिउँदे नगर सभाबाट विनियोजन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
५ |
२०८२-०७-०९ |
१४ |
"सूर्योदय नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सुदृढीकरण परियोजना" कार्यान्वयनका लागि आर्किटेक्ट इन्जिनियर सृजन गदाललाई परियोजना फोकल पर्सन तोक्ने निर्णय भयो। |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
१ |
अघिल्लो तेस्रो बैठकका ३१ वटा निर्णयहरूमध्ये २२ वटा कार्यान्वयन भइसकेको, ५ वटा भइरहेको र ४ वटा हुन बाँकी रहेको सम्बन्धमा समीक्षा भयो। |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
२ |
वडा नं. ४ का सदस्य गीता रसाइलीको निधनमा शोक प्रस्ताव पारित गर्दै दिइएको एकदिनको शोक बिदा अनुमोदन गर्ने र असोज १८ गतेको अविरल वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गरी शोक प्रस्ताव पारित गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
३ |
विभिन्न १२ वटा वडाका जनप्रतिनिधिहरूबाट आ-आफ्नो वडामा भएका विपदजन्य घटना र क्षतिको प्रारम्भिक विवरण प्रस्तुत भई सबै जनप्रतिनिधि तत्काल विपद् प्रतिकार्यमा खटिइरहेको सम्बन्धमा बैठकमा जानकारी भयो। |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
४ |
नगरस्तरीय विपद् व्यवस्थापन समितिको मिति २०८२।०६।१९ गते बसेको बैठकले गरेका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
५ |
अविरल वर्षाले फिक्कल नयाँबजार सडक र मयूँ खोलाको पुलमा पूर्ण क्षति पु-याई आवागमन बन्द भएकाले तत्काल माईजोगमाई गाउँपालिकासँगको साझेदारीमा सडक मर्मत गरी सुचारु गर्ने र दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास कार्यालय, इलाममा पत्राचार गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
६ |
नगरपालिकाभित्र विपद् व्यवस्थापन सम्बन्धमा वडास्तरीय विपद् व्यवस्थापन समितिले गरेका निर्णयहरूलाई वडा समितिले अनुमोदन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भयो । |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
७ |
नगरपालिकाको प्रकोप व्यवस्थापन खाताको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन कार्यालयलाई निर्देशन दिने निर्णय भयो । |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
८ |
राष्ट्रिय परिचयपत्र स्टेसन फिर्ता गर्न विभागबाट पत्र आए तापनि विपद् र बाटो अवरुद्ध भएको विषम परिस्थितिमा सदरमुकाम जान कठिन हुने भएकोले सो स्टेसन नगरपालिकामा नै निरन्तर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत विभागलाई लेखी पठाउने निर्णय भयो। |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
९ |
अविरल वर्षाले सडक लगायतका पूर्वाधारमा भएको क्षतिको विवरण तयार गरी मर्मत तथा पुनर्निर्माणका लागि सङ्घीय र प्रादेशिक कार्यालयहरूमा पत्राचार गर्ने र तत्काल मर्मत सम्भार गर्न पूर्वाधार विकास समिति संयोजक पेमा उगेन लामाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
४ |
२०८२-०६-२२ |
१० |
पहिरोमा परी ज्यान गुमाउने वडा नं १ का रत्न कुमारी बुढाथोकी र रश्मिका बुढाथोकीको परिवारलाई रु. ३,००,००० राहत उपलब्ध गराई सोधभर्नाका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने र भारतको मिरिकमा ज्यान गुमाउने वडा नं ९ का सत्तमा लामाको परिवारलाई प्रकोप व्यवस्थापन कोषबाट रु. २,००,००० राहत उपलब्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१ |
अघिल्लो बैठकका २१ वटा निर्णयहरूमध्ये १५ वटा कार्यान्वयन भइसकेका र ६ वटा कार्यान्वयन भइरहेको सम्बन्धमा समीक्षा भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२ |
आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा उठेका विषयहरूबारे बैठकमा जानकारी गराइयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
३ |
सबै १४ वटा वडाबाट शिक्षा, स्वास्थ्य, विपद् लगायतका समितिहरूको बैठक र वडागत स्थिति प्रतिवेदन पेस भएको जानकारी गराउँदै आगामी दिनमा यस्ता बैठक नियमित बस्ने र प्रतिवेदन पेस गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
४ |
आर्थिक वर्ष ०८२/८३ को कार्यक्रम कार्यान्वयन निर्देशिका स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
५ |
ज्येष्ठ तथा अति अशक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
६ |
टोल विकास संस्था (गठन तथा सञ्चालन) (प्रथम संशोधन) कार्यविधि, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
७ |
आय ठेक्का व्यवस्थापन (प्रथम संशोधन) कार्यविधि, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
८ |
चियाबारी पदमार्ग निर्माण, सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय गरियो र सो पदमार्गको दीगोपनासम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन बैठकमा पेस भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
९ |
खानेपानी तथा सरसफाइ मापदण्ड, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१० |
आधारभूत तथा माध्यमिक शिक्षा (सातौँ संशोधन) नियमावली, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
११ |
आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१२ |
सार्वजनिक खरिद नियमावली, २०७५ (छैटौँ संशोधन) मस्यौदा, २०८२ स्वीकृत गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१३ |
उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन (प्रथम संशोधन) कार्यविधि, २०८२ (मस्यौदा) स्वीकृत गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१४ |
विगतदेखिका बेरुजु फछ्र्योट प्रक्रिया अघि बढाउन र बेरुजु शून्य तर्फ लैजान कार्यपालिका सदस्य सोनाम छिरिङ लामाको संयोजकत्वमा पाँच सदस्यीय बेरुजु फछ्यौट तथा सिफारिस समिति गठन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१५ |
आवधिक विकास योजना (आ.व. ०८२/८३ देखि ०८७/८८ सम्म) तर्जुमासम्बन्धी प्रगतिको जानकारी लिई बाँकी कार्य समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१६ |
अद्यावधिक पोषण पार्श्वचित्र स्वीकृत गर्ने र वडा नं. ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्न जिल्ला समन्वय समितिलाई अनुगमन तथा मूल्याङ्कनका लागि अनुरोध गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१७ |
आर्थिक वर्ष २०८१/०८२ का स्वास्थ्य क्षेत्रका सूचकहरूको तथ्याङ्कका आधारमा छलफल गरी सुधारका लागि प्रतिबद्धता व्यक्त गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१८ |
वडा नं. ७ स्थित टि टेस्टिङ एण्ड रिसर्च सेन्टरमा पानीको ट्याङ्की र फ्रेम निर्माण गर्न विनियोजित बजेटबाट रु. ७,८७,९७६.८५ रकम व्यवस्था गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
१९ |
सामुदायिक विद्यालयका बाल शिक्षक, विद्यालय सहयोगी र सहायक कर्मचारीहरूको नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा नपुग रकम (मासिक रु ५३००, ७३०० २ ४५०० थप) नगरपालिकाको बजेटबाट भुक्तानी गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२० |
तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन, रुट, भाडादर आदि सम्बन्धमा अध्ययन गर्न पूर्वाधार विकास समिति संयोजक पेमा उगेन लामाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२१ |
नगरपालिकामा ७ वर्ष सेवा अवधि पुगेका २४ जना करार कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२२ |
जिल्ला फुटबल संघ, इलामको पत्र सम्बन्धी प्रस्तावलाई आगामी बैठकमा छलफल गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२३ |
नगरपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत लाई प्रचलित कानुन बमोजिम तह मिलान गरी पदस्थापन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२४ |
संविधान दिवस २०८२ को अवसरमा दौड प्रतियोगिता, अन्तरसंवाद र दीप प्रज्ज्वलन कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास समिति संयोजक डिक बहादुर बम्जनको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२५ |
सिफारिसका आधारमा विभिन्न वडाहरू (१.२,३,८,९,१०, ११) मा आवश्यक ह्युम पाइप उपलब्ध गराउन वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा र सम्पत्ती व्यवस्थापन एकाइलाई जिम्मेवारी दिने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२६ |
जिल्ला समन्वय समिति र स्थानीय तहहरुको लागत साझेदारीमा सञ्चालन हुने सूचना प्रविधि व्यवस्थापन कार्यक्रमका लागि रु १,००,००० रकम जि.स.स. लाई उपलब्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२७ |
व्यवस्थापन परीक्षण निर्देशिका २०७९ बमोजिम गठन भएको समितिले पेस गरेको प्रतिवेदनले औल्याएका नीतिगत तथा अन्य सुझाव र समस्याहरुलाई सम्बोधन गर्दै लैजाने निर्णय भयो । |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२८ |
फिक्कल अस्पतालमा यसअघि थप गरिएको २ जना मेडिकल अधिकृत र १ जना डेन्टल सर्जनको अस्थायी दरबन्दीमध्ये चालु आर्थिक वर्षमा १ जना मेडिकल अधिकृत र १ जना डेन्टल सर्जनको दरबन्दीलाई निरन्तरता दिई नगरसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
२९ |
नगर प्रमुख रणबहादुर राईलाई जापानमा हुने मञ्च र बैठकहरूमा सहभागी हुन, सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने सर्तमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
३० |
फत्तेमान स्मृति साङ्गीतिक कार्यक्रमका लागि रु. २०,००० आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
३ |
२०८२-०५-१२ |
३१ |
वडा नं १३ को खानी भञ्ज्यांगमा रहेको खोरेत रोग निगरानी केन्द्रमा रिक्त १ जना स्वयम्सेवक पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१ |
अघिल्लो बैठकका १३ वटा निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा भयो, जसमा ५ वटा कार्यान्वयन भइसकेका, ५ वटा भइरहेका र ३ वटा हुन बाँकी रहेको जानकारी गराइयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
२ |
कृषि सम्बन्धी मेसिनरी, औजार तथा उपकरण वितरण सम्बन्धी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० (प्रथम संशोधन) मस्यौदा, २०८२ स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
३ |
सार्वजनिक खरिद नियमावली, २०७५ (पाँचौ संशोधन) मस्यौदा, २०८२ स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
३ |
हेभी इक्वीपमेन्ट सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ (दोस्रो संशोधन) मस्यौदा, २०८२ स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
५ |
आर्थिक वर्ष ०८२/८३ का लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्या) सञ्चालन गर्न १० नं वडा छनौट गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
६ |
आर्थिक वर्ष ०८२/८३ का लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गर्न ५ नं वडा छनौट गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
७ |
चालू आर्थिक वर्ष २०८२/०८३ का लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी) सञ्चालन गर्न वडा नं ८ र १२ छनौट गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
८ |
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत १० महिने तालिमका लागि दुईवटा विषय (Food and Beverage, Refrigeration and Air Conditioning) र एउटा वैकल्पिक विषय (Light Vehicle Mechanics) छनौट गरी खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
९ |
प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशमा स्वास्थ्य र स्वास्थ्य बाहेकका विभिन्न रिक्त पदहरूको माग आकृति फाराम भरी पठाउने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१० |
सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गर्न प्रत्येक महिना प्रमुख प्रशासकीय अधिकृतद्वारा मूल्याङ्कन गरी उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना कर्मचारीलाई "Employee of the Month" घोषणा गरी सम्मान गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
११ |
वडा नं. ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्न घरधुरी सर्वेक्षण र स्वास्थ्य सूचकहरूको स्थानीय सन्दर्भ अनुरूप मूल्याङ्कन गर्ने तथा तथ्याङ्कमा देखिएको भिन्नता सम्बन्धमा स्पष्टता ल्याउन समन्वय गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१२ |
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न शाखाहरूको जिम्मेवारी सम्बन्धमा बैठकमा जानकारी गराइयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१३ |
बेचबिखन र हिंसामा परेका महिला तथा बालबालिकाहरूको संरक्षणका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सूचना आह्वान गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१४ |
आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिकीकरण समारोहमा विभिन्न विधामा योगदान पुऱ्याउने व्यक्तित्वहरू (जस्तैः चिकित्सक, उद्यमी, कृषक, शिक्षक आदि) लाई सम्मान गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१५ |
फिक्कल बजार (वडा नं. १०) मा भाडामा सञ्चालित पार्किङलाई व्यवस्थित बनाउन र विकल्प अध्ययन गर्न नगर उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१६ |
झिंगु नेवाः लाखे समाजद्वारा वडा नं. १० मा मनाइने परम्परागत जात्राहरू (साउन ७ देखि भदौ १ सम्म) का लागि रु. ५०,००० आर्थिक सहयोग उपलब्ध गराउने र शान्ति सुरक्षाका लागि समन्वय गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१७ |
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र कानुन विपरीत कुनै कर नलगाएको, नउठाएको र ऋण नलिएको स्वघोषणा गरियो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१८ |
सबै वडा अध्यक्षहरूबाट व्यक्तिगत घटना दर्ताको प्रतिवेदन पेस भई समीक्षा गरियो र ३५ दिन भित्र दर्ता गराउन समन्वय तथा सहजीकरणका लागि दुई जना कर्मचारीलाई जिम्मेवारी दिने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
१९ |
आर्थिक वर्ष २०८१/८२ मा अद्यावधिक भएको १४ वटै वडाको तथ्याङ्कमा आधारित स्वास्थ्य तथा पोषण प्रोफाइल स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
२० |
सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको संयुक्त फोहोरमैला प्रशोधन केन्द्र (वडा नं. १०, रमिते) को विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न बनेको TOR लाई संशोधन सहित स्वीकृत गरी कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने निर्णय भयो। |
|
२०८२/८३ |
२ |
२०८२-०४-१६ |
२१ |
आर्थिक वर्ष २०८१/०८२ को लागि नगर कार्यपालिका, नमुना वडा कार्यालय र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन परीक्षण गरी प्रतिवेदन पेस गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
१ |
अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था र विभिन्न समिति तथा वडा कार्यालयहरूको वार्षिक कार्य प्रगति र समस्याहरूको समीक्षा गर्दै, नगर प्रमुखबाट समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
२ |
आर्थिक वर्ष ०८२/८३ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोह २०८२ साउन १९ गते सञ्चालन गर्ने र त्यसको व्यवस्थापन, अतिथि सत्कार, पुस्तक प्रकाशन, तथा सम्मान पुरस्कार छनौटका लागि विभिन्न समितिहरू गठन गर्ने निर्णय भयो। |
|
२०८१/८२ |
१ |
२०८२-०४-०७ |
३ |
स्थानीय सरकारी सेवा ऐन र नगरपालिकाको कार्यविधि बमोजिम विभिन्न प्राविधिक तथा प्रशासनिक शाखाहरूमा कार्यरत पाँच जना कर्मचारीहरूको तह वृद्धि गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
४ |
जोखिमयुक्त स्थानहरूको निरीक्षण र सिफारिसका आधारमा, वडा नं. ८ को पद्म छ्योलिङ गुम्बा र वडा नं. ५ को सडक खण्डहरूमा पहिरो रोकथाम र मर्मतका लागि विपद् व्यवस्थापन कोषबाट रकम र ग्याबिन जाली लगायतका सामग्री उपलब्ध गराउने जिम्मेवारी वन, वातावरण तथा विपद् व्यवस्थापन शाखालाई दिने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
५ |
आर्थिक वर्ष ०८१/८२ को कार्यसम्पादन समीक्षा र आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन करार सम्झौता कार्यक्रम २०८२ साउन ३० गते आयोजना गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
६ |
झिंगु नेवाः लाखे समाज, वडा नं. १० को पत्र सम्बन्धी प्रस्तावलाई आगामी बैठकमा छलफल गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
७ |
गत आर्थिक वर्षमा स्रोत अभावले भुक्तानी हुन नसकेका रु. ७६,४१,७४६ बराबरका विभिन्न आयोजना तथा कार्यक्रमहरुको दायित्व आर्थिक वर्ष ०८२/८३ को बजेटबाट व्यवस्थापन गरी भुक्तानी दिने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
८ |
वडा नं. ८ र ९ मा निर्माण हुने चियाबारी पदमार्गलाई तीन खण्डमा विभाजन गरी, छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत प्राविधिक लागत अनुमान स्वीकृत गराई निर्माण कार्य अगाडि बढाउने निर्णय भयो । |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
९ |
नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा सेवा करारमा कार्यरत विभिन्न पदका १८७ जना कर्मचारीहरूको म्याद २०८२ पौष मसान्तसम्म ६ महिनाका लागि थप गर्ने र नगर प्रहरी, सवारीचालक, र सरसफाई कर्मचारीहरूलाई थप सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
१० |
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि जग्गा नापजाँचको कार्य क्रमशः वडा नं ११, १०,४ र ५ मा गर्ने निर्णय भयो । |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
११ |
चिया परीक्षण, प्रवर्धन र अनुसन्धान केन्द्रबाट आन्तरिक राजस्व सङ्कलन कार्यका लागि उत्तम प्रगति निर्माण सेवाले पेस गरेको रु. २९,०५.३४४.१३ को बोलपत्र स्वीकृत गर्ने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
१२ |
चिया परीक्षण, प्रवर्धन र अनुसन्धान केन्द्रको संग्रहालयका लागि ऐतिहासिक महत्त्वका तस्बिर र दस्तावेजहरू खोजी तथा सङ्कलन गर्न वडा अध्यक्ष शरण राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी जिम्मेवारी दिने निर्णय भयो। |
|
२०८२/८३ |
१ |
२०८२-०४-०७ |
१३ |
नगर प्रमुख रणबहादुर राईलाई दक्षिण कोरियामा हुने विपद् व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय मञ्च र तालिममा सहभागी हुन, सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने सर्तमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय भयो। |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१ |
सूर्योदय नगरपालिका, नगर कार्यपालिकाको तेस्रो बैठकका १६ निर्णयहरूमध्ये १० कार्यान्वयन भई ६ कार्यान्वयन हुँदै गरेको समीक्षा, वडा, शाखा र समितिहरूको प्रगति छलफल । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२ |
निशान पदमार्गको रुट पहिचान प्रतिवेदन स्वीकृत, ७ दिनको सार्वजनिक सूचना प्रकाशन र राय-सुझाव विश्लेषण गरी अर्को बैठकमा पेश गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
४ |
आ.व. ०८०/८१ को वार्षिक बजेट र कार्यक्रमको प्रगति समीक्षा २०८१।०५।२४ मा गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
५ |
सूर्योदय नगरपालिकाको पदाधिकारीहरुको आचारसंहिता, २०७४ को जानकारी भई अक्षरशः पालना गर्न कार्यपालिका सदस्यहरूबाट प्रतिबद्धता व्यक्त गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
६ |
फिक्कल-श्रीअन्तु-छब्बीसे सडकको समालबुङ खण्डमा कालोपत्रे कार्य निरन्तर गर्न सडक डिभिजन कार्यालय, इलामलाई पत्राचार गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
७ |
मदिरा तथा सूर्तिजन्य वस्तु नियन्त्रण र नियमन ऐन, २०८० अनुसार मूल समितिमा चन्द्रकला परियार, सावित्रा शिवा, साधना फागो र बिक्रम राई छनौट गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
८ |
पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) बारे बैठकमा जानकारी । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
९ |
सूर्योदय नगरपालिकाको रोजगार व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१० |
खानेपानी तथा साना सिँचाइ दर्ता, नवीकरण र सूचीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७६ को प्रथम संशोधन, २०८१ स्वीकृत गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
११ |
सूर्योदय नगरपालिकाको कृषि अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१२ |
कार्यविभाजन नियमावली, २०७४ को दोस्रो संशोधन मस्यौदा आगामी बैठकमा पेश गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१३ |
आ.व. ०८१/८२ को १५ आयोजनाहरूको लागत अनुमान स्वीकृत गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१४ |
सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था कार्यान्वयन गर्न गठित अध्ययन समितिको प्रतिवेदन पेश भई थप अध्ययन र छलफल गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१५ |
ENSSURE परियोजना अन्तर्गत Professional Carpenter र Vehicle Body Parts Repair Technician तालिम कोर्स छनौट गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१६ |
मेड्पा कार्यक्रम आ.व. ०८१/८२ मा सञ्चालन गर्न वडा नं. २ लाई छनौट गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१७ |
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम आ.व. ०८१/८२ मा सञ्चालन गर्न वडा नं. ७ लाई छनौट गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१८ |
वैदेशिक रोजगारी पुनः एकीकरण (रेमी) कार्यक्रम आ.व. ०८१/८२ मा सञ्चालन गर्न वडा नं. ९ र १३ लाई छनौट गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
१९ |
पञ्चकन्या स्वास्थ्य चौकीलाई २०८१।०६।०६ मा वडा नं. ११, सुन्तलेमा स्थानान्तरण गर्ने निर्णय। |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२० |
विभिन्न सेवा समूहका २४ रिक्त पदहरूको माग आकृति फाराम प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२१ |
: दिगो पर्यटन प्रवर्धन सम्बन्धी वडा नं. ११ को सिफारिस पत्र आगामी बैठकमा छलफल गर्ने निर्णय। |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२२ |
वडा नं. १० को प्रस्तावित वडा कार्यालय भवनको Geo Physical Investigation प्रतिवेदन जानकारी र परामर्श सेवामार्फत प्रक्रिया अगाडि बढाउने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२३ |
सूर्योदय नगरपालिकाको कन्याम पर्यटकीय क्षेत्रमा ट्रली व्यवसाय व्यवसाय सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ संशोधनका लागि ट्रली व्यवस्थापन समितिलाई अध्ययन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२४ |
: आ.व. ०८०/८१ मा ४ उपभोक्ता समितिमार्फत सम्पन्न आयोजनाहरू सम्बन्धित समितिलाई हस्तान्तरण गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२५ |
स्थानीय उत्पादन बजारीकरण समितिको प्रतिवेदन पेश भई छलफल र जानकारी । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२६ |
सीमा प्रशासन कार्यालय, पशुपतिनगरको पत्र आगामी कार्यपालिका बैठकमा छलफल गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२७ |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुझावहरू छलफल गरी कडाइका साथ कार्यान्वयन गर्ने निर्णय। |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२८ |
सिमलताल घटना अध्ययन प्रतिवेदनका सुझावहरू (प्राविधिक मापदण्ड, वातावरण संरक्षण आदि) प्रभावकारी कार्यान्वयन गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
२९ |
छिमेकी पालिकाहरूसँग हेभी इक्युपमेन्ट, दमकल, फोहोरमैला व्यवस्थापन र रोङ भाषा पाठ्यपुस्तक निर्माणमा समन्वय गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
३० |
सूर्योदय नगरपालिकाको स्वास्थ्य ऐन, २०७८ र अन्य प्रचलित मापदण्ड अनुसार वर्षमा कम्तीमा २ पटक अनुगमन र कानूनविपरीत सञ्चालितलाई कारबाही प्रकृया अगाडि बढाउने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
३१ |
खाद्यान्न र तरकारीमा विषादी स्तर परीक्षणका लागि उपकरणको प्राविधिक स्पेशिफिकेशन र लागत अनुमान तयार गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
३२ |
फिक्कल डान्स एरेनाको खुल्ला ब्याटल डान्स कार्यक्रमका लागि रु. २०,००० सहयोग गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
३३ |
ठेक्का नं. SUMO/ILAM/NCB/WORKS 02-080/081 को भेरिएसन आदेश-१ स्वीकृत, सम्झौता रकम रु. १२,२६,१११.४७ बाट रु. ११,५९,३९७.७३ मा संशोधन गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
३४ |
वडा नं. ८ मा सामाजिक परिचालकको रूपमा छत्र कुमारी बस्नेतलाई डोर हाजिरीमा दैनिक रु. ७०० पारिश्रमिकमा नियुक्त गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
३५ |
वुहान, चीनमा आयोजित दिगो शहरी विकास फोरममा नगर प्रमुखको सहभागिताका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय । |
|
२०८१/८२ |
४ |
२०८१-५-१७ |
३६ |
रियर डम्प टिपिङ ट्रक आपूर्तिका लागि रु. ५६,२२,५०० को न्यूनतम दररेट स्वीकृत गरी क्याटलग सपिङ विधिबाट खरिद प्रक्रिया अगाडि बढाउने निर्णय । |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
५ |
आधारभूत तथा माध्यमिक शिक्षा नियमावली (पाँचौ संशोधन), २०८१ स्वीकृत गर्ने |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
६ |
विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गर्ने । |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
७ |
श्रीअन्तुडाँडा पर्यटकीय क्षेत्र व्युटिफिकेशनका लागि लागत अनुमान/प्रस्तावना तयार गरी प्रक्रिया अगाडि बढाउने । |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
८ |
वडा नं. ५ को वडा शिक्षा समितिको प्रतिवेदन प्रस्तुत, सुझावहरू कार्यान्वयनका लागि शिक्षा शाखालाई निर्देशन दिने । |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
९ |
तीन पाङ्ग्रे सवारी दर्ता सूचीकरणका ४५ निवेदनहरू उपर ७ दिनको दाबी विरोध सूचना प्रकाशन गर्ने । |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
१० |
आ.व. ०८०/८१ को स्थानीय सञ्चित कोषको चौमासिक र वार्षिक वित्तीय विवरण प्रस्तुत गरी जानकारी गराउने । |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
११ |
स्वास्थ्य सचेतना, शैक्षिक सामग्री वितरण र कृषि अभिमूखीकरण कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिने । |
|
२०८१/८२ |
१ |
२०८१-४-६ |
१२ |
तहबृद्धि सिफारिस समितिमा श्री लुना खतिवडालाई सदस्य बनाई समिति परिवर्तन गर्ने । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
१ |
२०८१/०४/१४ को दोस्रो बैठकका ३ निर्णयहरूमध्ये २ कार्यान्वयन भई १ कार्यान्वयन हुँदै गरेको समीक्षा, वडा, शाखा र समितिहरूको प्रगति छलफल । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
२ |
आ.व. ०८०/८१ को नगर कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको कुल उपस्थिति बारेमा बैठकमा सहभागी सबैलाई जानकारी । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
३ |
सूर्योदय नगरपालिकाको आ.व. ०८१/८२ को कार्यक्रम कार्यान्वयन निर्देशिका स्वीकृत गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
४ |
स्थानीय सरकारी सेवा ऐन, २०८० बमोजिम ४ कर्मचारी (नविन ढकाल, किशोर कुमार अधिकारी, टिकाराम देवान, एकमाया बोहोरा) को तह वृद्धि गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
६ |
सूर्योदय नगरपालिकाको प्रशिक्षण र क्षमता विकास तालिम सञ्चालन व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
८ |
आ.व. ०८०/८१ मा वन, वातावरण र विपद् व्यवस्थापन शाखा र वडाहरूले गरेको वृक्षरोपण कार्यको समीक्षा गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
१० |
नेपाल टि च्यालेन्ज, २०२४ मा सहभागिताका लागि Tea Station Inc लाई कागजात माग गरी रु. ५०,००० सहयोग गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
१२ |
विश्व स्वास्थ्य संगठनको नसर्ने रोगसम्बन्धी प्राविधिक सहयोग प्रस्ताव स्वीकृत गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
१४ |
कोशी प्रदेशको निर्देशिकाअनुसार स्थायी कार्यालय दर्ताका लागि आवश्यक कागजात पठाउने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
१५ |
पुस्तकालय रङ्गरोगन र संरचना मर्मतका लागि मर्मत सम्भार खर्चबाट रकम विनियोजन गरी कोटेसन विधिमार्फत कार्य अगाडि बढाउने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-२७ |
१६ |
नगर प्रमुख रण बहादुर राईको २०८१ ।०४ ।३२ देखि २०८१ ।०५ ।०९ सम्मको बिदा स्वीकृत गर्ने निर्णय। |
|
२०८१/८२ |
२ |
२०८१-४-१४ |
१ |
सूर्योदय नगरपालिकाको २०८१/०४/०६ को पहिलो बैठकका १२ निर्णयहरूमध्ये ९ कार्यान्वयन भई ३ कार्यान्वयन हुँदै गरेको समीक्षा । |
|
२०८१/८२ |
२ |
२०८१-४-१४ |
२ |
आ.व. ०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा २६ विधामा ३५ व्यक्तित्व/संस्थालाई सम्मान गर्ने सिफारिस स्वीकृत गर्ने । |
|
२०८१/८२ |
२ |
२०८१-४-१४ |
३ |
सवारी तथा यातायात व्यवस्थापन समितिको सिफारिसअनुसार ४४ तीन पाङ्ग्रे सवारी साधनहरू सूचीकरण गर्ने। |
|
२०८१/८२ |
३ |
२०८१-४-१४ |
५ |
टाँसीगाउँ चित्रे सडक मर्मतका लागि मर्मत सम्भार कोषबाट रकम विनियोजन गरी प्राविधिक लागत अनुमानअनुसार मर्मत कार्य अगाडि बढाउने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-१४ |
७ |
सार्वजनिक बिदामा सेवा प्रवाह र कर्मचारीको सट्टा बिदा व्यवस्थापन अध्ययन गर्न सोनाम छिरिङ लामाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-१४ |
९ |
स्थानीय उत्पादनको बजारीकरण र कृषिजन्य वस्तु आपूर्तिका लागि अन्य स्थानीय तहसँग समन्वय गर्न देवेन्द्र शर्माको संयोजकत्वमा समिति गठन गर्ने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-१४ |
११ |
चिया किसानको समस्यामा वडा समितिहरूलाई अनुगमन, छलफल र चिया समस्या समाधान समितिलाई पहल गर्न निर्देशन दिने निर्णय । |
|
२०८१/८२ |
३ |
२०८१-४-१४ |
१३ |
चमेना गृह सञ्चालनको आय ठेक्का सम्झौताका लागि भगवती चमेना गृहलाई ७ दिनको म्याद दिई पत्राचार गर्ने निर्णय । |
|
२०८१/८२ |
१ |
२०८१-०४-०६ |
१ |
आ.व. ०८०/८१ को २२औँ बैठकका ११ निर्णयहरूमध्ये ६ कार्यान्वयन, ४ कार्यान्वयन हुँदै र १ प्रस्ताव पेश; समितिहरूको प्रगति समीक्षा र समस्याहरू समाधानका लागि निर्देशन दिने । |
|
२०८१/८२ |
१ |
२०८१-०४-०६ |
२ |
आ.व. ०८१/८२ को बजेट, नीति र कार्यक्रम सार्वजनिकीकरण २०८१ ।०४ ।१५ मा फिक्कल मा.वि.मा आयोजना, विभिन्न समितिहरू गठन र अतिथि व्यवस्थापन गर्ने । |
|
२०८१/८२ |
१ |
२०८१-०४-०६ |
३ |
सूर्योदय नगरपालिकाको आ.व. ०८१/८२ को स्थानीय नगर दररेट स्वीकृत गर्ने । |
|
२०८१/८२ |
१ |
२०८१-०४-०६ |
४ |
घर/भवन संरचनाको अभिलेखीकरणका लागि न्यूनतम दररेट (काठ/ढुङ्गा: ३.५०, स्टिल: ४.५०, आरसीसी: ६.०० प्रति वर्ग फिट) स्वीकृत गर्ने । |