FAQs Complain Problems

कार्यपालिका निर्णय

आर्थिक वर्ष बैठक संख्या निर्णय मिति निर्णय नं निर्णयको व्यहोरा
२०८१/८२ २०८१-५-१७ १२ कार्यविभाजन नियमावली, २०७४ को दोस्रो संशोधन मस्यौदा आगामी बैठकमा पेश गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ निशान पदमार्गको रुट पहिचान प्रतिवेदन स्वीकृत, ७ दिनको सार्वजनिक सूचना प्रकाशन र राय-सुझाव विश्लेषण गरी अर्को बैठकमा पेश गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ ३५ वुहान, चीनमा आयोजित दिगो शहरी विकास फोरममा नगर प्रमुखको सहभागिताका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २६ सीमा प्रशासन कार्यालय, पशुपतिनगरको पत्र आगामी कार्यपालिका बैठकमा छलफल गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ १७ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम आ.व. ०८१/८२ मा सञ्चालन गर्न वडा नं. ७ लाई छनौट गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) बारे बैठकमा जानकारी ।
२०८१/८२ २०८१-५-१७ ३१ खाद्यान्न र तरकारीमा विषादी स्तर परीक्षणका लागि उपकरणको प्राविधिक स्पेशिफिकेशन र लागत अनुमान तयार गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २२ वडा नं. १० को प्रस्तावित वडा कार्यालय भवनको Geo Physical Investigation प्रतिवेदन जानकारी र परामर्श सेवामार्फत प्रक्रिया अगाडि बढाउने निर्णय ।
२०८१/८२ २०८१-५-१७ १३ आ.व. ०८१/८२ को १५ आयोजनाहरूको लागत अनुमान स्वीकृत गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ आ.व. ०८०/८१ को वार्षिक बजेट र कार्यक्रमको प्रगति समीक्षा २०८१।०५।२४ मा गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ ३६ रियर डम्प टिपिङ ट्रक आपूर्तिका लागि रु. ५६,२२,५०० को न्यूनतम दररेट स्वीकृत गरी क्याटलग सपिङ विधिबाट खरिद प्रक्रिया अगाडि बढाउने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुझावहरू छलफल गरी कडाइका साथ कार्यान्वयन गर्ने निर्णय।
२०८१/८२ २०८१-५-१७ १८ वैदेशिक रोजगारी पुनः एकीकरण (रेमी) कार्यक्रम आ.व. ०८१/८२ मा सञ्चालन गर्न वडा नं. ९ र १३ लाई छनौट गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ सूर्योदय नगरपालिकाको रोजगार व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ ३२ फिक्कल डान्स एरेनाको खुल्ला ब्याटल डान्स कार्यक्रमका लागि रु. २०,००० सहयोग गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २३ सूर्योदय नगरपालिकाको कन्याम पर्यटकीय क्षेत्रमा ट्रली व्यवसाय व्यवसाय सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ संशोधनका लागि ट्रली व्यवस्थापन समितिलाई अध्ययन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय ।
२०८१/८२ २०८१-५-१७ १४ सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था कार्यान्वयन गर्न गठित अध्ययन समितिको प्रतिवेदन पेश भई थप अध्ययन र छलफल गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ सूर्योदय नगरपालिकाको पदाधिकारीहरुको आचारसंहिता, २०७४ को जानकारी भई अक्षरशः पालना गर्न कार्यपालिका सदस्यहरूबाट प्रतिबद्धता व्यक्त गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २८ सिमलताल घटना अध्ययन प्रतिवेदनका सुझावहरू (प्राविधिक मापदण्ड, वातावरण संरक्षण आदि) प्रभावकारी कार्यान्वयन गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ १९ पञ्चकन्या स्वास्थ्य चौकीलाई २०८१।०६।०६ मा वडा नं. ११, सुन्तलेमा स्थानान्तरण गर्ने निर्णय।
२०८१/८२ २०८१-५-१७ १० खानेपानी तथा साना सिँचाइ दर्ता, नवीकरण र सूचीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७६ को प्रथम संशोधन, २०८१ स्वीकृत गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ ३३ ठेक्का नं. SUMO/ILAM/NCB/WORKS 02-080/081 को भेरिएसन आदेश-१ स्वीकृत, सम्झौता रकम रु. १२,२६,१११.४७ बाट रु. ११,५९,३९७.७३ मा संशोधन गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २४ : आ.व. ०८०/८१ मा ४ उपभोक्ता समितिमार्फत सम्पन्न आयोजनाहरू सम्बन्धित समितिलाई हस्तान्तरण गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ १५ ENSSURE परियोजना अन्तर्गत Professional Carpenter र Vehicle Body Parts Repair Technician तालिम कोर्स छनौट गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ फिक्कल-श्रीअन्तु-छब्बीसे सडकको समालबुङ खण्डमा कालोपत्रे कार्य निरन्तर गर्न सडक डिभिजन कार्यालय, इलामलाई पत्राचार गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २९ छिमेकी पालिकाहरूसँग हेभी इक्युपमेन्ट, दमकल, फोहोरमैला व्यवस्थापन र रोङ भाषा पाठ्यपुस्तक निर्माणमा समन्वय गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २० विभिन्न सेवा समूहका २४ रिक्त पदहरूको माग आकृति फाराम प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय ।
२०८१/८२ २०८१-५-१७ ११ सूर्योदय नगरपालिकाको कृषि अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ सूर्योदय नगरपालिका, नगर कार्यपालिकाको तेस्रो बैठकका १६ निर्णयहरूमध्ये १० कार्यान्वयन भई ६ कार्यान्वयन हुँदै गरेको समीक्षा, वडा, शाखा र समितिहरूको प्रगति छलफल ।
२०८१/८२ २०८१-५-१७ ३४ वडा नं. ८ मा सामाजिक परिचालकको रूपमा छत्र कुमारी बस्नेतलाई डोर हाजिरीमा दैनिक रु. ७०० पारिश्रमिकमा नियुक्त गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २५ स्थानीय उत्पादन बजारीकरण समितिको प्रतिवेदन पेश भई छलफल र जानकारी ।
२०८१/८२ २०८१-५-१७ १६ मेड्पा कार्यक्रम आ.व. ०८१/८२ मा सञ्चालन गर्न वडा नं. २ लाई छनौट गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ मदिरा तथा सूर्तिजन्य वस्तु नियन्त्रण र नियमन ऐन, २०८० अनुसार मूल समितिमा चन्द्रकला परियार, सावित्रा शिवा, साधना फागो र बिक्रम राई छनौट गर्ने निर्णय ।
२०८१/८२ २०८१-५-१७ ३० सूर्योदय नगरपालिकाको स्वास्थ्य ऐन, २०७८ र अन्य प्रचलित मापदण्ड अनुसार वर्षमा कम्तीमा २ पटक अनुगमन र कानूनविपरीत सञ्चालितलाई कारबाही प्रकृया अगाडि बढाउने निर्णय ।
२०८१/८२ २०८१-५-१७ २१ : दिगो पर्यटन प्रवर्धन सम्बन्धी वडा नं. ११ को सिफारिस पत्र आगामी बैठकमा छलफल गर्ने निर्णय।
२०८१/८२ २०८१-४-६ १० आ.व. ०८०/८१ को स्थानीय सञ्चित कोषको चौमासिक र वार्षिक वित्तीय विवरण प्रस्तुत गरी जानकारी गराउने ।
२०८१/८२ २०८१-४-६ विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गर्ने ।
२०८१/८२ २०८१-४-६ ११ स्वास्थ्य सचेतना, शैक्षिक सामग्री वितरण र कृषि अभिमूखीकरण कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिने ।
२०८१/८२ २०८१-४-६ श्रीअन्तुडाँडा पर्यटकीय क्षेत्र व्युटिफिकेशनका लागि लागत अनुमान/प्रस्तावना तयार गरी प्रक्रिया अगाडि बढाउने ।
२०८१/८२ २०८१-४-६ १२ तहबृद्धि सिफारिस समितिमा श्री लुना खतिवडालाई सदस्य बनाई समिति परिवर्तन गर्ने ।
२०८१/८२ २०८१-४-६ वडा नं. ५ को वडा शिक्षा समितिको प्रतिवेदन प्रस्तुत, सुझावहरू कार्यान्वयनका लागि शिक्षा शाखालाई निर्देशन दिने ।
२०८१/८२ २०८१-४-६ तीन पाङ्ग्रे सवारी दर्ता सूचीकरणका ४५ निवेदनहरू उपर ७ दिनको दाबी विरोध सूचना प्रकाशन गर्ने ।
२०८१/८२ २०८१-४-६ आधारभूत तथा माध्यमिक शिक्षा नियमावली (पाँचौ संशोधन), २०८१ स्वीकृत गर्ने
२०८१/८२ २०८१-४-२७ १४ कोशी प्रदेशको निर्देशिकाअनुसार स्थायी कार्यालय दर्ताका लागि आवश्यक कागजात पठाउने निर्णय ।
२०८१/८२ २०८१-४-२७ १० नेपाल टि च्यालेन्ज, २०२४ मा सहभागिताका लागि Tea Station Inc लाई कागजात माग गरी रु. ५०,००० सहयोग गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-२७ २०८१/०४/१४ को दोस्रो बैठकका ३ निर्णयहरूमध्ये २ कार्यान्वयन भई १ कार्यान्वयन हुँदै गरेको समीक्षा, वडा, शाखा र समितिहरूको प्रगति छलफल ।
२०८१/८२ २०८१-४-२७ १५ पुस्तकालय रङ्गरोगन र संरचना मर्मतका लागि मर्मत सम्भार खर्चबाट रकम विनियोजन गरी कोटेसन विधिमार्फत कार्य अगाडि बढाउने निर्णय ।
२०८१/८२ २०८१-४-२७ सूर्योदय नगरपालिकाको प्रशिक्षण र क्षमता विकास तालिम सञ्चालन व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-२७ आ.व. ०८०/८१ को नगर कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको कुल उपस्थिति बारेमा बैठकमा सहभागी सबैलाई जानकारी ।
२०८१/८२ २०८१-४-२७ १६ नगर प्रमुख रण बहादुर राईको २०८१ ।०४ ।३२ देखि २०८१ ।०५ ।०९ सम्मको बिदा स्वीकृत गर्ने निर्णय।
२०८१/८२ २०८१-४-२७ १२ विश्व स्वास्थ्य संगठनको नसर्ने रोगसम्बन्धी प्राविधिक सहयोग प्रस्ताव स्वीकृत गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-२७ सूर्योदय नगरपालिकाको आ.व. ०८१/८२ को कार्यक्रम कार्यान्वयन निर्देशिका स्वीकृत गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-२७ आ.व. ०८०/८१ मा वन, वातावरण र विपद् व्यवस्थापन शाखा र वडाहरूले गरेको वृक्षरोपण कार्यको समीक्षा गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-२७ स्थानीय सरकारी सेवा ऐन, २०८० बमोजिम ४ कर्मचारी (नविन ढकाल, किशोर कुमार अधिकारी, टिकाराम देवान, एकमाया बोहोरा) को तह वृद्धि गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-१४ स्थानीय उत्पादनको बजारीकरण र कृषिजन्य वस्तु आपूर्तिका लागि अन्य स्थानीय तहसँग समन्वय गर्न देवेन्द्र शर्माको संयोजकत्वमा समिति गठन गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-१४ सवारी तथा यातायात व्यवस्थापन समितिको सिफारिसअनुसार ४४ तीन पाङ्ग्रे सवारी साधनहरू सूचीकरण गर्ने।
२०८१/८२ २०८१-४-१४ टाँसीगाउँ चित्रे सडक मर्मतका लागि मर्मत सम्भार कोषबाट रकम विनियोजन गरी प्राविधिक लागत अनुमानअनुसार मर्मत कार्य अगाडि बढाउने निर्णय ।
२०८१/८२ २०८१-४-१४ ११ चिया किसानको समस्यामा वडा समितिहरूलाई अनुगमन, छलफल र चिया समस्या समाधान समितिलाई पहल गर्न निर्देशन दिने निर्णय ।
२०८१/८२ २०८१-४-१४ सार्वजनिक बिदामा सेवा प्रवाह र कर्मचारीको सट्टा बिदा व्यवस्थापन अध्ययन गर्न सोनाम छिरिङ लामाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय ।
२०८१/८२ २०८१-४-१४ सूर्योदय नगरपालिकाको २०८१/०४/०६ को पहिलो बैठकका १२ निर्णयहरूमध्ये ९ कार्यान्वयन भई ३ कार्यान्वयन हुँदै गरेको समीक्षा ।
२०८१/८२ २०८१-४-१४ आ.व. ०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा २६ विधामा ३५ व्यक्तित्व/संस्थालाई सम्मान गर्ने सिफारिस स्वीकृत गर्ने ।
२०८१/८२ २०८१-४-१४ १३ चमेना गृह सञ्चालनको आय ठेक्का सम्झौताका लागि भगवती चमेना गृहलाई ७ दिनको म्याद दिई पत्राचार गर्ने निर्णय ।
२०८१/८२ २०८१-०४-०६ आ.व. ०८०/८१ को २२औँ बैठकका ११ निर्णयहरूमध्ये ६ कार्यान्वयन, ४ कार्यान्वयन हुँदै र १ प्रस्ताव पेश; समितिहरूको प्रगति समीक्षा र समस्याहरू समाधानका लागि निर्देशन दिने ।
२०८१/८२ २०८१-०४-०६ आ.व. ०८१/८२ को बजेट, नीति र कार्यक्रम सार्वजनिकीकरण २०८१ ।०४ ।१५ मा फिक्कल मा.वि.मा आयोजना, विभिन्न समितिहरू गठन र अतिथि व्यवस्थापन गर्ने ।
२०८१/८२ २०८१-०४-०६ सूर्योदय नगरपालिकाको आ.व. ०८१/८२ को स्थानीय नगर दररेट स्वीकृत गर्ने ।
२०८१/८२ २०८१-०४-०६ घर/भवन संरचनाको अभिलेखीकरणका लागि न्यूनतम दररेट (काठ/ढुङ्गा: ३.५०, स्टिल: ४.५०, आरसीसी: ६.०० प्रति वर्ग फिट) स्वीकृत गर्ने ।