FAQs Complain Problems

नगर सभा समापन

Read More

अन्तु डाडाबाट सुर्योदयको दृश्य

Read More

अन्तु-पोखरी

Read More

कन्याम चियाबारीको दृश्य

Read More

पाँचौ नगर सभा

Read More

Brief Introduction

Suryodaya Municipality, with it’s name being the Nepali translation of “ Rising Sun “ formed in 2013, with the  merge of village Development Councils of Fikkal, Panchakanya and Kanyam. After, the constitution of Nepal promulgated in 2015, more village development councils had been merged including Gorkhey, Pasupatinagar, Sriantu , Samalbung , Laxmipur and Jogmai Word no. 8 and 9 and has resulted in the increase of its area span, with now, it’s size being 252.52 sq.km. It is located centre part of Ilam district.

Mayor Schedule

०७/२७/२०७६ : आर्दश आ‍. वि. कजेनीको बार्षिक उत्सव

२०७६/०७/२९:Koica का प्रतिनिधिहरुसँगको छलफल

२०७६/०७/१६:छब्बिसे छिरुवा कालोपत्रे सडकको शिलन्यास

२०७६/०७/९-१२ गतेसम्म तिहारकाे बिदा

२०७६/०७/०८ गते बिहान अतिथिहरु सहित अन्तु डाडाको अवलोकन

२०७६/०७/०७- गते विहान कार्यपालिकाकाे ६३औ‌ बैठक,  पुर्व प्रधानमन्त्री तथा माननीय सासद श्री झलनाथ खनाल ज्यु,साउदी अरब र संयुक्त राज्य ईमिरेड्सका महामहिम राजदुतहरु सहितलाई स्वागत  तथा अन्तर्क्रिया कार्यक्रम

२०७६/०७/०६ गते one heard  सस्थाका सरहरुसंग मिटिगं

नमस्कार

नगरपालिकाको गृहपृष्ठमा यहाँलाई हार्दिक स्वागत छ ।

नगरपालिकासँग सम्बन्धित विषयहरुमा बढी भन्दा बढी जानकारी होस् भन्ने उद्देश्यले यो वेवसाइट तयार गरीएको हो । यस वेवसाइटलाई अझ जानकारी मूलक बनाउनकोलागि यहाँको राय सुझाव सल्लाहको अपेक्षा गरिएको छ । 

प्रतिकृयाको लागि यहाँ क्लिक गर्नुहोस्

फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका २५२.५२ वर्ग कि.मि. मा फैलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ ।

पत्राचार ठेगाना:

सूर्योदय नगरपालिका

फिक्कल बजार, इलाम

१ नं. प्रदेश, नेपाल

कार्यालय सम्पर्क : ०२७-५४०४७३

सूचना अधिकारी : ९८५२६८०१५०

ईमेल :suryodayamun@gmail.com

Chat

.

दीर्घकालीन सोंच, ध्येय, लक्ष्य तथा उद्देश्य

दीर्धकालिन सोंच

दीर्घकालीन सोच (Long Term Vision)

                          

        "सूर्योदय नगरपालिकाको समृद्धता :

प्राङ्गारिक कृषि, पर्या-पर्यटन र आर्थिक समानता"

 

 

ध्येय

ध्येय (Mission)

                                      

नगरपालिकाका विषयक्षेत्रगत नीतिहरुलाई मार्गदर्शकको रुपमा आत्मसाथ गर्दै "SURYODAYA विकासको मोड्यूल" ले निर्देशित गरे अनुसारका कृयाकलापहरु सञ्चालन गरीनगरबासीलाई स्थानीय सरकारको प्रत्याभूति दिने ।

 

 

लक्ष्य

लक्ष्य (Goal)

                                        

नगरपालिकाले संचालन गर्ने कृयाकलापहरुमा समय, लागत, गुणस्तर र परिमाणात्मक रुपमा निर्धारित लक्ष अनुसारको प्रगति हासिल हुने तथा सूर्योदय नगरपालिको आर्थिक, सामाजिक, भौतिक, वातावरण, संस्थागत सेवा प्रवाह, वित्तिय व्यवस्थापन र सुशासनमा अभिवृद्धि गरि नगरवासीको जीवन स्तरमा सुधार आएको हुनेछ ।

 

 

उद्देश्य

उद्धेश्यहरु (Objectives)

Objectives

सूर्योदय विकास मोड्यूल

SURYODAYA DEVELOPMENT MODULE

S

Sustainable and balanced approach to development

(दिगो र सन्तुलित विकासको लक्ष्य निर्धारण)

U

United with 3 Ps ( Political Parties, Public & Public Servants 

(राजनैतिक दल, स्थानीय जनता र कर्मचारीको एकीकृत समन्वयात्मक प्रयास र तादात्म्यता)

R

Researched programms based on rational approaches

(औचित्यमा आधारित (जनता केन्द्रित) अनुसन्धानमूलक कार्यक्रम)

Y

Youth, Women, Children, Senior Citizens, Disabled & Marginalised People Inclusiveness

(युवा, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय, लोपोन्मुख वर्गको समान समावेशी सहभागिता)

O

Organic Agriculture, Eco-tourism & Economic Equality Promotion

(प्राङ्गारिक कृषि, पर्यापर्यटन र आर्थिक समानताको प्रवर्द्धन)

D

Development of overall physical, innovative infrastructure & Programmes

(समग्र पूर्वाधार प्रविधिमा नविनताको विकास सम्वन्धी कार्यक्रम)

A

Accountable, impartial & competent Administration 

(उत्तरदायी, तटस्थ र सक्षम प्रशासन)

Y

Youth Oriented Programmes Focusing On Spots & Enterpreneurship

(युवा लक्षित खेलकूद र उद्यमशीलता सम्वन्धी कार्यक्रममा जोड)

A

Avenues for growth and prosperity of Suryodaya Municipality

(विकास र समृद्धिको पहिचान दिने सूर्योदय नगरपालिका

 

नगर गान

सूर्योदय नगर गान

सूर्योदय! सूर्योदय !!  सूर्योदय!!! नगरपालिका

जहाँबाट झुल्किदिन्छ, पहिलो किरण घामको

जहाँबाट व्यँझिदिन्छ, कर्मयोग सुनामको

हामी सबै थुँगै-थुँगा एउटै फूलको डालीका

यो देशको पूर्वी दैलो हाम्रो नगरपालिका ।

सूर्योदय! सूर्योदय !!  सूर्योदय!!! नगरपालिका

साहित्यको फाँट हो यो, संगीतमय छ कन्दरा

पौरखीका पाउ चल्छन्, चुम्दै थुम्के टाकुरा

छ पर्यटक रमाउने, हाम्रो अमुल्य संस्कृति

हरिया पाखा पखेराले, सिंगारिएको प्रकृति

सूर्योदय! सूर्योदय !!  सूर्योदय!!! नगरपालिका

आलु अलैंची अम्लिसो, अकबरे र अदुवा

ओलन हाम्रो आयस्रोत, सबैका बारीमा चिया

लेप्चाहरुको मूलथलो, अरु विभिन्न जाति छन्

हातेमालो सबैसँग, सबै-सबैका साथी छन् ।

सूर्योदय! सूर्योदय !!  सूर्योदय!!! नगरपालिका.

शव्द रचना : ज्ञानेन्द्र गदालसुर्योदय न.पा. - , इलाम

Youtube बाट हेर्न यहाँ click गर्नुहोला ।

Official

Ran Bahadur Rai
Mayor
rb_rai@hotmail.com
Durga Devi Bhattarai
Deputy Mayor
9852642002
Prakash Raj Paudel
Chief Executive Officer
cao.suryodaya@gmail.com
9852626111

सामाजिक सञ्जाल

link to Suryodaya Municipality Youtube Channel

सूर्योदय पर्यटन महोत्सव सम्बन्धी Playlist

सूर्योदय नगरपालिकाको नगर गान

visitors' Counter

हाल सम्म यो पेज Visit भएको पटक

visitor counter

 

हाम्रो सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१. उद्योग ठाउँसारीका लागि निवेदन

२. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. नगरपालिकाको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४. आफ्नै घर भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र नगरपालिका बहालकर तिरेको रसिद

६. सम्बन्धिते वडाकार्यालयको अनुमति सहितको सिफारिस पत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१. कारण सहितको निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी

४. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. निवेदन सहित फर्म दर्ता नविकरण सहितको प्रमाण पत्र

२. खाता संचालक हरुको नागरिकताको प्रतिलिपी

३. व्यवसाय कर तिरेको रसिद/निस्सा

४. फर्मको छाप र संचालकको फोटो, खाता संचालक नमुना दस्तखत सहितको सम्बन्धित बैंकको खाता संचालन सम्बन्धी कार्ड

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००(महिला उधमीको लागी रु ३००)
आवश्यक कागजातहरुः-

१. निवेदन सहित नागरिकताको प्रतिलिपी

२. आफ्नै घरमा व्यवसाय संचालन हुने भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

३. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी

४. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. नगरपालिका बाहेक अन्य निकायमा व्यवसाय दर्ता भएको भए सोको प्रतिलिपी

७. व्यावसायिक योजना

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. निवेदन सहित बाबु आमाको नागरिकताको प्रतिलिपी

२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

४. नाबालक खुल्ने थप प्रमाण कागजात भए  सो समेत

५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने

६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. निवेदन साथ नागरिकताको प्रतिलिपी वा जन्म दर्ता

२. विकलाङ्ग परिचय पत्रको प्रतिलिपी

३. अपाङ्ग व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सो अवस्था नभए सम्बन्धित कर्मचारीको प्रतिवेदन

४.अपाडगता भएको अंग देखिने भाग सहितको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेसी रु ३००,बिदेसी रु ५००
आवश्यक कागजातहरुः-

१. निवेदन सहित नागरिकताको प्रतिलिपी

२. सम्बन्धित कार्यालयको बरबुझारथ व्यहोरा सहितको पत्र

३. नगरपालिका क्षेत्रको बासिन्दा भए चालु आ.व.सम्मको सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

अन्य जानकारी