FAQs Complain Problems

फोटो ग्यालरी

सूर्योदय नगरपालिकाको आ.ब २०७५/०७६को स्वीकृत कार्यक्रम अन्तर्गत पशु पालक किसानलाई फार्म प्रवर्धन,प्रोत्साहन तथा गोठ सुधार गर्दै पशुपालनलाई थप व्यवसायिक बनाउन नगरपालिकाको ६०%अनुदानमा नगरभरिका १० वटा फार्महरुलाई आधुनिकीकरण गर्ने सम्झौता पत्र हस्तान्तरण तथा निर्देशन गर्नुहुदै नगरप्रमुख श्री रण बहादु राई ज्यू।

, , , , , ,

मिति २०७६।०१।०६ गते पूर्व प्रधानमन्त्री , नेकपाको वरिष्ठ नेता तथा माननीय सांसद आदरणीय झलनाथ खनालको हातबाट जेष्ठ नागरिकहरुलाई देशदर्शनको फोटो तथा बाँदरे घाँस(मोलासेस) को बीउ बितरणको कार्यक्रम सम्पन्न भएको छ।
बादरे घास बहुबर्षे घासँ हो। यो पशुआहारको निम्ति अति उपयोगी हुन्छ। तर यस घास फैलिए पछि बादर यस ठाउँमा फर्केर आउदैन। यस घासले बादरको छालामा एलर्जी मात्रै हैन यसको गन्घको कारण बाँदर यस ठाउदेखि नै टाँडा रहन्छ। 
कार्यक्रम नगरप्रमुख श्री रणबहादुर राईज्यूको अध्यक्षता तथा बिशेष आतिथ्यता पूर्व प्रधानमन्त्री , नेकपाको वरिष्ठ नेता तथा माननीय सांसद आदरणीय झलनाथ खनालज्यूले गर्नुभएको थियो।साथै कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल,उपाध्यक्ष चित्रकला बराईली,माई नगरपालिकाका प्रमुख दिपक कुमार थेवे,सन्दकपुर गाँउपालिकाका अध्यक्ष उदय राई,माइजोगमाइ गाँउपालिकाका अध्यक्ष जितबहादुर राई लगायतको उपस्थिति रहेको थियो।

, , , , , , ,

सूर्योदय नगरपालिका वडा नं १४ ठूलो बर्दूमा जेष्ठ नागरिक दिवा मिलन केन्द्रको उद्घाटन कार्यक्रम नगरप्रमुख रणबहादुर राईज्यू बाट भएको छ।यस केन्द्रमा जेष्ठ नागरिक आएर आफ्ना दिन बिताउने,भलाकुसरी गर्ने,धार्मिक पुस्तकहरु अध्ययन गर्ने,श्रब्यदृश्यका लागी टिभी हेरेर 
मनोरन्जन लिने जस्ता कार्यहरु गरेर दिन बिताउन सक्नुहुनेछ।

, , , , , , , , , , , , , , , , , , ,

नगरप्रमुख श्री रणबहादुर राईज्यूको निर्देशनमा १४ वटै वडाहरुको टोल विकास संस्थाहरुमा २०७५।११।१४ बाट २०७५।१२।०१ सम्ममा भएको यस कार्यक्रमलाई आर्थिक विकास समिति संयोजक श्री देबेन्द्र शर्माज्यूले संयोजन साथै नगरउपप्रमुख लगायत सम्बन्धित वडाध्यक्षज्यू,टोल बिकास संस्थाका पदाधिकारीहरुको उपस्थितिमा भएको थियो।

 

उक्त कार्यक्रममा कृषि अनुसन्धान परिषद नार्कमा ३० बर्ष अनुसन्धान गर्नु भएका कृषि बैज्ञानिक श्री खड्गभक्त पौड्यालज्यू आविस्कार गर्नुभएको लाभदायक जिवाणुको मिश्रण झोल "जिवातु"द्वारा जैविक मल तथा जैविक झोल निर्माण र प्रयोग विधि तथा तालिम कृषकहरुमाझ दिनुभएको थियो।

, , , , , , , , , , , ,

सूर्योदय नगरपालिकाका नगरप्रमुख श्री रण बहादुर राईज्यू , ADB (Asian Development Bank) दक्षिण एसियाका प्रतिनिधि श्री मायुमि ओजाकी(Mayumi Ozaki,Senior Portfolio Management Specialist) र श्री नवराज सिमखाडाज्यू (Micro-finance & Cooperative Specialist) सँग नगरपालिकाको चिया,दूध र अन्य बिभिन्न क्षेत्रका विकासबारे छलफल गर्नुहुँदैं।

, , ,

“किसानसंग सम्मृद्धि कार्यक्रम”अन्न्तर्गत सुर्योदय नगरपालिकाका प्रमुख श्री रण बहादुर राई ज्युको हातबाट आज एक कार्यक्रम माझ नगरभरिका ३९ जना पशु पालक किसानहरुलाई ५० प्रतिशत लागत सहभागितामा च्यापकटर मेसिन(घॉस काट्ने मेसिन)वितरण गर्नुभयो।

, , ,

Pages