FAQs Complain Problems

सूर्योदय नगरपालिकाको ४१ औं कार्यपालिका बैठकका निर्णयहरु

सूर्योदय नगरपालिकाको ४१ औं कार्यपालिका बैठक मिति २०७५।१२।२९ गते नगरप्रमुख श्री रण बहादुर राईज्यूको उपस्थितिमा सम्पन्न भयो।बैठकले आगामी  आ.ब. ०७६।०७७ गर्ने गरी प्रदेश नं १ मुख्य मन्त्री ग्रामिण सडक कार्यक्रम अन्तर्गत ४ वटा सडकहरु ‍(भीमज्योती गोर्खे थुम्के हुदैं माईजोगमाई जोड्ने सडक,हर्कटे जिर्मले सडक,रिङरोड मुख हुँदैं बुद्धटोल तल्लो आरुबोटे माईजोगमाई हुँदैं ईलाम नगरपालिका जोड्ने सडक र वडा नं ७ अम्बी खोलाबाट बिरिङ झोलुङ्गे पुल मलिम हुँदैं वडा नं १२ को जुरे भन्ज्याङ सम्म ) प्रदेश नं १ सरकारमा पठाउने निर्णय गरेको छ।बैठकले आ.ब. ०७६।०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मेयर कप संचालन गर्न पेमा उगेन लामाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल,वडाध्यक्षज्यूहरु तथा कार्यापालिका सदस्यज्यूहरु लगायतको उपस्थिति रहेको थियो।