यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

सूर्योदय नगरपालिकाको २६औं कार्यपालिका बैठक समपन्न

सूर्योदय नगरपालिकाको २६औं कार्यपालिका बैठक मिति २०७५।०८।०५ गते नगरप्रमुख श्री रण बहादुर राईको अध्यक्षतामा सम्पन्न भयो।बैठकले नगरपालिकाको कर,राजस्व संकलन अभियान,गुनासो चौतारी संचालन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।बैठकले ‘उत्पादनमूलक सहकारी संघ/संस्थाको अनुदान सहयोग उपलब्ध गराउने कार्यबिधि’ , अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र वितरण गर्ने सम्बन्धी कार्यबिधि २०७५ तथा घर नक्सा नियमित  गर्ने सम्बन्धी कार्यबिधि २०७५ समेत पारित गरेको छ।बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल लगायत कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।