यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

नगर कार्यपालिकाको २४ अौ बैठक सम्पन्न

सूर्योदय नगरपालिकाको २४ आैँ कार्यपालिका बैठक नगर प्रमुख रण बहादुर राई ज्यूको अध्यक्षतामा मिति २०७५।०७।०९ मा सम्पन्न भयो।बैठकले नगरपालिका क्षेत्रभित्र पराग,गुट्खाजन्य वस्तु विक्रीवितरण प्रतिबन्धित गर्ने,खोला तथा सार्वजानिक पोखरीमा विषादी तथा विधुतीय करेन्टको माध्यमबाट माछा मार्ने कार्यमा  प्रतिबन्ध लगाउने,श्री अन्तु स्थित भ्यू टावरको रंगरोकन गर्ने तथा नगरपालिकाको  विपद् व्यवस्थापन कोष(सन्चालन)कार्यविधि,२०७५ लाई पारित गर्ने लगायतका निर्णयहरु गरेको छ।बैठकमा सूर्योदय नगरपालिकाका  कार्यपालिकाका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल लगायतको उपस्थिति रहेको थियो।