यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

नगर कार्यपालिकाको २३ अौ बैठक सम्पन्न

नगर कार्यपालिकाको २३अौ बैठक नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा मिति २०७५।०६।२१ मा सम्पन्न भयो।बैठकले नगरपालिकाको मौलिकता झल्कने आफ्नै प्रतिक चिन्ह(लोगो) निर्माणका लागि खुला प्रस्ताव आव्हान गर्ने,नगर क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन तथा दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा नगरपालिकाको सहयोगमा विभिन्न स्थानमा कन्भेक्स एेना (convex mirror) राख्ने ,विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ।बैठकमा कार्यपालिकाका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल,प्रशासकीय अधिकृत खगेन्द्र बर्देवा लगायतको उपस्थिति थियो।