अपडेट
जेष्ठ नागरिक देश दर्शन कार्यक्रमको समापन तथा फोटो बितरण कार्यक्रम र बाँदरे घाँस(मोलासेस) को बीउ बितरण।
मिति २०७६।०१।०६ गते पूर्व प्रधानमन्त्री , नेकपाको वरिष्ठ नेता तथा माननीय सांसद आदरणीय झलनाथ खनालको हातबाट जेष्ठ नागरिकहरुलाई देशदर्शनको फोटो तथा बाँदरे घाँस(मोलासेस) को बीउ बितरणको कार्यक्रम सम्पन्न भएको छ।
बादरे घास बहुबर्षे घासँ हो। यो पशुआहारको निम्ति अति उपयोगी हुन्छ। तर यस घास फैलिए पछि बादर यस ठाउँमा फर्केर आउदैन। यस घासले बादरको छालामा एलर्जी मात्रै हैन यसको गन्घको कारण बाँदर यस ठाउदेखि नै टाँडा रहन्छ।
कार्यक्रम नगरप्रमुख श्री रणबहादुर राईज्यूको अध्यक्षता तथा बिशेष आतिथ्यता पूर्व प्रधानमन्त्री , नेकपाको वरिष्ठ नेता तथा माननीय सांसद आदरणीय झलनाथ खनालज्यूले गर्नुभएको थियो।साथै कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल,उपाध्यक्ष चित्रकला बराईली,माई नगरपालिकाका प्रमुख दिपक कुमार थेवे,सन्दकपुर गाँउपालिकाका अध्यक्ष उदय राई,माइजोगमाइ गाँउपालिकाका अध्यक्ष जितबहादुर राई लगायतको उपस्थिति रहेको थियो।