यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

Photo Gallery

“ माननीय मुख्यमन्त्री , सूर्योदय नगरपालिका , प्रदेशको सासंदहरू र सूर्योदय टि प्रोड्यूसर्स एसोसिएशन , चिया किसान , उधोगिहरूवीच अन्तरक्रिया कार्यक्रम “।
विषयहरू: 
१.चिया अनुसन्धान केन्द्र खोलिनु पर्ने।
२.चियामा आफ्नै Clone हुनुपर्ने।
३.ईलामको पहिचान विषादी रहित चियाको उत्पादन।
४.चिया बोर्ड छुट्टै गठन गरी प्रदेश १ मा ल्याउनु पर्ने।
५.उधोगहरूमा व्याज अनुदान दिनु पर्ने।
६.बाझो जमिनमा चिया रोपन गर्न व्याज अनुदान उपलव्द गराउनु पर्ने।
७.नेपालकै खाध परीक्षण प्रमाण पत्रलाई अन्तराष्ट्रीय मान्यता दिन प्रदेश र संघीय सरकारले पहल गर्नु पर्ने।
८.सबैको अपनत्व हुने गरी चिया लोगोको निमार्ण गर्नु पर्ने।
९.चिया किसानहरूलाई प्रागांरीक मल उत्पादन गर्न प्रविधि हस्तांतरण सम्वन्धी कार्यक्रम गर्न आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने।
आदि विषयमा अन्तरक्रिया भएको थियो भने माननीय मूख्यमन्त्रीले यस मागहरूप्रति एकदमै सकारात्मक भएको प्रतिक्रिया दिनुभएको थियो।
अन्तरक्रिया कार्यक्रमको आयोजना सूर्योदय नगरपालिकाले गरेको थियो भने यस कार्यक्रममा सूर्योदय नगरपालिकाको सहकारीको प्रतिनिधि , ठूला उधोगहरूको प्रतिनिधि , सूर्योदय टि प्रोड्यूसर एशोसिएसन , किसान लगायत चियासगं सम्बन्धित सवैको उपस्थिति रहेको थियो।

, , , ,

Pages